नेपाली मूलका ह्यारी भण्डारी अमेरिकी प्रतिनिधि सभामा बिजयी
डेमोक्रेटिक दलका तर्फबाट अमेरिकाको प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार बनेका एचबी ह्यारी भण्डारी प्राथमिक निर्वाचनमा बिजयी भएका छन् । उनी डेमोक्रेटिक दलकोतर्फबाट उम्मेदवार
बनेका थिए । शीर्ष ३ उम्मेदवार मध्ये राम्रो मत ल्याएपछि उनको आगामी नोभेम्बरमा हुने आम निर्वाचनका लागि ढोका खुलेको छ ।
उनले आगामी चुनावमा रिपब्लिकनका उम्मेदवारसँग चुनावी मैदानमा भिड्नुपर्ने छ । ४ जना प्रतिस्प्रर्धिमा एरिक ब्रोम्वेल पहिला ,भण्डारी दोश्रा र तेश्रो स्थानमा कार्लज्याक्स विजयी भएका हुन् ।
२०७२६ मत खसेकोमा भण्डारीले ५७६५ मत ल्याई दोश्रो स्थान बनाएका हुन् । एरिक ब्रोम्वेलले ६३८७ मत पाएका थिए ।
यसैगरि मेरिल्याण्ड डेमोक्रेटिक दलको केन्द्रीय सदस्यमा पनि भण्डारी सर्वाधिक मत ल्याई बिजयी भएको डेमोक्रेटिक दल मेरिल्याण्ड राज्यले जनाएको छ ।
डेमोक्रेटिक निर्वाचन क्षेत्र ८ बाट ३ जना उम्मेदवारमध्ये भण्डारी पनि परेका हुन् । सन् २०१४ मा उनि चौथो स्थान भए पछि उनि प्राथमिक चरण मै बाहिरिएका थिए । यो प्राथमिक निर्वाचन भएकाले उनले आम निवार्चनमा जितेपछि मात्रै नेपाली समुदायको ईतिहासमा नाम लेख्ने अवसर पाउने छन् ।
ह्यारीले सन् २०१४ मा अमेरिकन प्रतिनिधिका लागि मेरिल्याण्ड राज्यको जिल्ला ८ मा डेमोक्रेटिकको तर्फबाट उम्मेदवारी दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीको नीति तथा कार्यक्रम छलफल : ‘कपीपेस्ट’ आरोपको बचाउमा मुख्यमन्त्री
-
मानव अधिकारका सवालमा ‘दोहोरो मापदण्ड’ अपनाउँदैनाैँ : गगन थापा
-
‘कूटनीतिक रूपमा भारतले रवि लामिछानेलाई निकै महत्त्व दिएको देखिन्छ’
-
गाभिएका मन्त्रालयले असार ७ भित्र ओएन्डएम गरिसक्नुपर्ने
-
गृहले सच्यायो एसएसपी सरुवा, उपत्यका ट्राफिकमा काफ्ले
-
मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण