नेपाली मूलका ह्यारी भण्डारी अमेरिकी प्रतिनिधि सभामा बिजयी
डेमोक्रेटिक दलका तर्फबाट अमेरिकाको प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार बनेका एचबी ह्यारी भण्डारी प्राथमिक निर्वाचनमा बिजयी भएका छन् । उनी डेमोक्रेटिक दलकोतर्फबाट उम्मेदवार
बनेका थिए । शीर्ष ३ उम्मेदवार मध्ये राम्रो मत ल्याएपछि उनको आगामी नोभेम्बरमा हुने आम निर्वाचनका लागि ढोका खुलेको छ ।
उनले आगामी चुनावमा रिपब्लिकनका उम्मेदवारसँग चुनावी मैदानमा भिड्नुपर्ने छ । ४ जना प्रतिस्प्रर्धिमा एरिक ब्रोम्वेल पहिला ,भण्डारी दोश्रा र तेश्रो स्थानमा कार्लज्याक्स विजयी भएका हुन् ।
२०७२६ मत खसेकोमा भण्डारीले ५७६५ मत ल्याई दोश्रो स्थान बनाएका हुन् । एरिक ब्रोम्वेलले ६३८७ मत पाएका थिए ।
यसैगरि मेरिल्याण्ड डेमोक्रेटिक दलको केन्द्रीय सदस्यमा पनि भण्डारी सर्वाधिक मत ल्याई बिजयी भएको डेमोक्रेटिक दल मेरिल्याण्ड राज्यले जनाएको छ ।
डेमोक्रेटिक निर्वाचन क्षेत्र ८ बाट ३ जना उम्मेदवारमध्ये भण्डारी पनि परेका हुन् । सन् २०१४ मा उनि चौथो स्थान भए पछि उनि प्राथमिक चरण मै बाहिरिएका थिए । यो प्राथमिक निर्वाचन भएकाले उनले आम निवार्चनमा जितेपछि मात्रै नेपाली समुदायको ईतिहासमा नाम लेख्ने अवसर पाउने छन् ।
ह्यारीले सन् २०१४ मा अमेरिकन प्रतिनिधिका लागि मेरिल्याण्ड राज्यको जिल्ला ८ मा डेमोक्रेटिकको तर्फबाट उम्मेदवारी दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’
-
धुञ्चे गोसाइँकुण्ड केबुलकार निर्माण गर्नुपर्छ : ओली
-
राप्ती नदीमा डुबेर युवतीको मृत्यु
-
संघीय सांसद श्रेष्ठद्वारा बाराका आगलागी पीडितलाई राहत सामग्री प्रदान
-
गुल्मीमा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु, एक जना घाइते
-
डीभीको रिजल्ट आयो, कसरी हेर्ने नतिजा ?