मोमोको २० रुपैयाँको विवादमा दिल्लीमा नेपाली युवकमाथि छुरा प्रहार
सारांश
- नयाँ दिल्लीमा मोमोको २० रुपैयाँको विवादमा एक नेपाली युवकमाथि किशोरहरूले छुरा प्रहार गरे।
- घाइते हुनेमा खोडा कोलोनीमा बस्ने नेपाली युवक तुलबहादुर रहेका छन्, र उनको स्वास्थ्य अवस्था स्थिर छ।
- गाजीपुर प्रहरीले घटनामा संलग्न तीनै किशोरलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ।
काठमाडौँ । भारतको राजधानी नयाँ दिल्लीमा मोमोको २० रुपैयाँको विवादका कारण एक नेपाली युवकलाई तीन जना किशोरहरूले छुरा प्रहार गरेका छन् । पूर्वी दिल्लीको गाजीपुर थानाअन्तर्गत पर्ने राजवीर कोलोनी क्षेत्रमा यो घटना भएको हो ।
घाइते हुनेमा खोडा कोलोनीमा बसोबास गर्ने र नेपालका तुलबहादुर रहेको भारतीय सञ्चारमाध्यमले जानकारी दिएको छ । स्थानीय प्रहरीका अनुसार, तुलबहादुरले मोमोको २० रुपैयाँ माग्दा किशोरहरूले तिर्न अस्वीकार गरेपछि झगडा भएको थियो । विवादकै क्रममा उनीहरू मध्ये तीन जनाले तुलबहादुरको छातीमा छुरा प्रहार गरेका हुन् ।
घाइते तुलबहादुरलाई स्थानीयवासीले तत्काल लालबहादुर शास्त्री अस्पताल पुर्याएका थिए । त्यहाँका चिकित्सकहरूले अवस्था गम्भीर देखिएपछि उनलाई ट्रमा सेन्टर रिफर गरेका थिए । हाल उनको स्वास्थ्य अवस्था स्थिर रहेको बताइएको छ ।
गाजीपुर प्रहरीले घटनामा संलग्न तीनै किशोरलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण