स्थानीय तहको कार्यसम्पादन मूल्याङ्कन— कैलालीको घोडाघोडी नगरपालिका प्रदेशमै उत्कृष्ट
सारांश
- संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा) को नतिजा सार्वजनिक गरेको छ।
- सुदूरपश्चिम प्रदेशमा कैलालीको घोडाघोडी नगरपालिका ८५.५० अंक सहित पहिलो भएको छ, भने बैतडीको मेलौली नगरपालिका सबैभन्दा कमजोर बनेको छ।
- मन्त्रालयले शासकीय प्रबन्ध, वित्तीय व्यवस्थापन लगायतका १० सूचकका आधारमा स्थानीय तहको मूल्यांकन गरेको हो।
धनगढी । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक वर्ष २०८०–८१ को स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा) को नतिजा सार्वजनिक गरेको छ।
देशभरका स्थानीय तहहरूको गुणस्तर र कार्यसम्पादन परीक्षणपछि सार्वजनिक गरिएको नतिजाअनुसार सुदूरपश्चिम प्रदेशमा कैलालीको घोडाघोडी नगरपालिका पहिलो भएको छ।
घोडाघोडी नगरपालिकाले ८५.५० अङ्क प्राप्त गर्दै प्रदेशकै उत्कृष्ट स्थान हासिल गरेको हो। यस्तै, बैतडीको मेलौली नगरपालिका भने जम्मा ३१.२५ अङ्कका साथ प्रदेशको सबैभन्दा कमजोर स्थानीय तह बनेको छ।
मन्त्रालयले शासकीय प्रबन्ध, वित्तीय व्यवस्थापन, सेवा प्रवाह, न्यायिक कार्यसम्पादन र भौतिक पूर्वाधारलगायत १० वटा मुख्य सूचकका आधारमा स्थानीय तहहरूको मूल्याङ्कन गरेको हो। यस मूल्याङ्कनको मुख्य उद्देश्य स्थानीय तहहरूको कामको समीक्षा गर्ने, सुधारका क्षेत्रहरू पहिचान गर्ने र एकअर्काबीच स्वस्थ प्रतिस्पर्धाको भावना विकास गराउनु रहेको मन्त्रालयले जनाएको छ।
कुन जिल्लामा को उत्कृष्ट, को कमजोर?
कैलाली—घोडाघोडी नगरपालिका (८५.५०) पहिलो हुँदा मोहन्याल गाउँपालिका (५५.५०) पुछारमा छ।
कञ्चनपुर— बेदकोट नगरपालिका (८३.२५) पहिलो र दोधारा चाँदनी नगरपालिका (७१.५०) अन्तिममा छ।
बाजुरा—बुढीगंगा नगरपालिका (८४.२५) पहिलो र बुढीनन्दा नगरपालिका (६१.७५) अन्तिममा छ।
बैतडी—पुर्चौंडी नगरपालिका (७७.२५) पहिलो र मेलौली नगरपालिका (३१.२५) अन्तिममा छ।
अछाम—पंचदेवल विनायक नगरपालिका (७७.५०) पहिलो र ढकारी गाउँपालिका (४३.७५) अन्तिममा छ।
डडेल्धुरा—अजयमेरु गाउँपालिका (८३.२५) पहिलो र नवदुर्गा गाउँपालिका (७३.२५) अन्तिममा छ।
डोटी—जोरायल गाउँपालिका (८२.२५) पहिलो र पुर्विचौकी गाउँपालिका (५८.७५) अन्तिममा छ।
दार्चुला—शैल्यशिखर नगरपालिका (८१) पहिलो र लेकम गाउँपालिका (६१.७५) अन्तिममा छ।
बझाङ—केदारस्युँ गाउँपालिका (७९.७५) पहिलो र सुर्मा गाउँपालिका (६२) अन्तिममा छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बी.पी. भित्तामा होइन, चिन्तनमा र व्यवहारमा हुनुपर्छ : भीष्मराज आङ्देम्बे
-
सिरहामा गोली चल्यो, दुई जना घाइते
-
त्रिविको परीक्षा प्रणालीमा ढिलासुस्ती, साउन १५ भित्र नतिजा सार्वजनिक गर्न माग
-
नवजात शिशुको हत्या आरोपमा दोषी ठहरिएकी महिला निर्दोष
-
बागमती प्रदेशका मन्त्रीहरूको कार्य विभाजन : कसले कुन मन्त्रालय पाए ? (सूचीसहित)
-
बागमतीमा ‘हेलो सीएम’ डेक्स, जनताका गुनासो तत्काल सुनुवाइ हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण