वडाध्यक्ष कुट्नेलाई कारबाही गर्न योगेशको माग
आइतबार, ०८ भदौ २०८२, १४ : २२
सारांश
- एमाले सचिव योगेश भट्टराईले वडाध्यक्ष टेकेन्द्र सेन्दाङमाथिको आक्रमणको विरोध गर्दै कारबाहीको माग गरेका छन्।
- शनिबार ताप्लेजुङ सदरमुकाममा बैठक सकेर फर्कने क्रममा सेन्दाङमाथि आक्रमण भएको थियो।
- सांसद भट्टराईले गृहमन्त्रीको ध्यानाकर्षण गराउँदै शान्ति सुरक्षा कायम राख्न आग्रह गरेका छन्।
काठमाडौँ । नेकपा एमालेका सचिव तथा ताप्लेजुङका सांसद योगेश भट्टराईले आठराई गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष टेकेन्द्र सेन्दाङमाथि आक्रमण गर्नेलाई कारबाही गर्न माग गरेका छन् । सांसद भट्टराईले आइतबार गृहमन्त्री रमेश लेखकको ध्यानाकर्षण गराउँदै यस्तो माग गरेका हुन् ।
वडाध्यक्ष सेन्दाङमाथि शनिबार बेलुका ताप्लेजुङ सदरमुकाम तोक्मेडाँडामा जिल्ला कमिटी बैठक सकेर गाउँ फर्कने क्रममा आक्रमण गरी घाइते बनाएका थिए । उनको झापास्थित विएनसी अस्पतालमा उपचार भइरहेको छ ।
सांसद भट्टराईले घटनाको निन्दा गर्दै आक्रमणमा संलग्नलाई तत्काल गिरफ्तार गरी कानुनी कारबाही गर्न तथा सर्वसाधारणको शान्ति सुरक्षामा खलल गर्ने अराजक गतिविधिमाथि नियन्त्रण गर्न गृहमन्त्री र गृह प्रशासनको ध्यानाकर्षण गराएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिफाद्वारा २०२६ विश्वकपको उत्कृष्ट टोली सार्वजनिक: गोल्डेन ग्लोभ विजेता नै टिममा परेनन्
-
इरान युद्धका लागि अमेरिकी तल्लो सदनबाट ९५ अर्ब डलरको बजेट स्वीकृत
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण