सूर्यविनायक नगरपालिकाको बजेट ७६ करोड ४५ लाख
भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिकाले तेस्रो नगरसभामा आर्थिक वर्ष २०७५/०७६को लागि बजेट पारित गरेको छ ।
बुधबार पत्रकार सम्मेलन गर्दै नरगप्रमुख बासुदेव थापाले नगरसभाबाट कुल बजेट ७६ करोड ४५ लाख २७ हजार रुपैयाँको पारित भएको बताए ।
जसमा नेपाल सरकार अर्थ मन्त्रालयबाट प्राप्त वित्तीय समानीकरण अनुदान अन्र्तगत रु ४९ करोड २० लाख ६२ हजार रुपैयाँँ रहेको छ । आन्तरिक आय र राजश्व बाँडफाडँ बाट प्राप्त आय २७ करोड २४ लाख ६२ हजार रहेको छ ।
जसमा पुँजीगततर्फ ३७ करोड २० लाख ८४ हजार रुपैयाँँ विनियोजन गरिएको छ । चालूतर्फ ३९ करोड २४ लाख ४३ हजार विनियोजित गरिएको थापाले जानकारी दिएका छन् ।
उनको अनुसार चालू आर्थिक वर्षको भन्दा आगामी वर्षको बजेट ४३ प्रतिशतले बृद्धि भएको छ ।
नगरसभाले १ करोड देखी माथिका ११ वटा सडक आयोजनाहरु छनौट गरी ३० लाखभन्दा बढीका १० वटा आयोजना रकम बिनियोजित गरेको छ ।
५ लाखभन्दा घटिका आयोजनाहरु छनौट गर्न नपाउने नीतिका कारणसारै साना टुव्रmे आयोजनाहरुमा रकम बिनियोजित नगरेको नगरप्रमुख थापाले बताए ।
हाल विनियोजन भएका ठूला आयोजनाका रकमबाट सडकको कालोपत्रे वा ढलान गर्नुपर्ने प्रावधान समेत राखिएको छ ।
यी ठूला आयोजनाहरुको कार्यान्वयनबाट नगर भित्रका महत्वपूवर्ण सडकहरुको स्तर उन्नती भई आम नगरवासीहरुले सुविधा प्राप्त गर्ने नगरसभाले विश्वास लिएको छ ।
सूर्यविनायकमा कार्यान्वयनमा रहेका राष्ट्रिय प्राणी उद्यान, हनुमन्ते कोरीडोर निर्माण, नयाँ शहर निर्माण जस्ता गौरवका आयोजनाहरुलाई छिटो छरितो रुपमा सम्पन्न गर्न नगरपालिकाले सक्दो सहयोग र समन्वय गर्दे जाने विषयलाई नीति मार्फत सम्बोधन गरिएको थापाले जानकारी दिएका छन् ।
नीति तथा कार्यक्रममा संचारक्षेत्रको विकाशको लागि पत्रकार महासंघ र अन्य संस्थाहरुसँग सहकार्य गर्ने कुरा समेत बुदाँगत रुपमा उल्लेख गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण