उपसभापति र महामन्त्रीसँग देउवाको छलफल
सारांश
- शेरबहादुर देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग बैठक बोलाएका छन्।
- बैठकमा उपसभामुख इन्दिरा रानामगरमाथिको कारबाही र राज्य व्यवस्था समितिको सभापति पदको निर्वाचनबारे छलफल हुनेछ।
- कांग्रेस र एमालेका सांसदहरूले उपसभामुख रानामगरलाई हटाउन हस्ताक्षर संकलन गरिरहेका छन्।
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका उपसभापति र महामन्त्रीसँग बैठक गरिरहेका छन् । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति सभापतिको उम्मेदवार र उपसभामुख इन्दिरा रानामगरमाथिको पदीय आचरण विपरीतको कार्य गरेको भन्दै हटाउन भइरहेको गृहकार्यबारे छलफल गर्न देउवाले पार्टीका उपसभापति र महामन्त्रीहरूलाई मात्रै बोलाएर छलफल गरिरहेका हुन् ।
देउवा निवास बुढानीलकण्ठमा हुने बैठकमा उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ तथा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई बोलाइएको हो । सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ले आफूलाई बैठकमा नबोलाइएको जानकारी दिइन् । ‘मलाई बैठकमा बोलाइएको छैन,’ उनले भनिन् ।
साउन २८ गते संघीय निजामती सेवा विधेयकमा कुलिङ पिरियड सम्बन्धी व्यवस्थामा गडबडी गरेको पाइएपछि विवादमा परेका सभापति रामहरि खतिवडाले प्रतिनिधिसभा बैठकमा पदबाट राजीनामा दिएको घोषणा गरेका थिए । प्रतिनिधिसभा नियमावलीको नियम १७७ को उपनियम ५ मा संसदीय विषयगत समितिको सभापति पद रिक्त भएको १५ दिन भित्र निर्वाचन गरिसक्नुपर्ने व्यवस्था छ ।
राज्य व्यवस्था तथा सुशासन समिति सभापति पद रिक्त भएको १५ दिन भदौ ११ गते पुग्ने भएकाले त्यसको ४८ घण्टा अगाडि निर्वाचनसम्बन्धी कार्यतालिका प्रकाशित गर्नुपर्छ ।
अर्कोतर्फ उपसभामुख रानामगरलाई पदीय आचरणविपरीत काम गरेको भन्दै कांग्रेस एमालेका सांसदहरूले हस्ताक्षर संकलन गरिरहेका छन् । त्यो कार्यको पार्टीभित्रका इतर समूहका नेता डा.शेखर कोइराला, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विरोध गरिरहेका छन् । यसबारे पनि नेताहरूबिच छलफल हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनधिकृत रूपमा ‘डाक्टर’ लेख्ने व्यक्तिविरुद्ध कारबाही प्रक्रिया अघि बढ्ने
-
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता
-
रवि लामिछानेको ‘विकास कूटनीति’: पूरा होला मल कारखानाको सपना ?
-
मोरङ कांग्रेसमा क्रियाशील सदस्यताको विषयलाई लिएर विवाद, सह–महामन्त्री संग्रौला सहभागी कार्यक्रम बिथोलियो
-
बढ्दो गर्मीका कारण बालबालिकाको शिक्षा र स्वास्थ्यमा प्रभाव
-
गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण