शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

आम विद्यार्थी मोर्चा रौतहटको अध्यक्षमा प्रिन्स साह सर्वसम्मत निर्वाचित

सोमबार, ०९ भदौ २०८२, २० : १०
सोमबार, ०९ भदौ २०८२

सारांश

  • आम विद्यार्थी मोर्चा रौतहट जिल्ला कमिटीको अध्यक्षमा प्रिन्स साह निर्वाचित भएका छन्।
  • गरुडामा भएको भेलाले ७५ सदस्यीय कमिटी चयन गरेको छ, जसमा पदाधिकारीहरू रहेका छन्।
  • भेलाले रौतहटमा शिक्षक अभाव भएको भन्दै संघर्ष गर्ने निर्णय गरेको छ।

रौतहट । आम जनता पार्टी (आजपा) निकटको आम विद्यार्थी मोर्चा रौतहट जिल्ला कमिटीको अध्यक्षमा प्रिन्स साह (आलोक) सर्वसम्मत निर्वाचित भएका छन् । 

रौतहटको गरुडामा आज आम विद्यार्थी मोर्चाको सम्पन्न जिल्ला भेलाले साहलाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो । 

७५ सदस्यीय विद्यार्थी मोर्चाको उपाध्यक्षमा अफरोज आलम, अनिसा पासवान, सचिवमा रामबाबु साह, सहसचिवमा सतेन्द्र कुमार यादव, कमल यादव रहेका छन् । यसैगरी सदस्यहरुमा रामप्रवेश पटेल, ललन साह, रिषी साह, रमित साह, धिरज यादव, बिजय यादव लगायतका रहेको नवनिर्वाचित अध्यक्ष साहले जनाएका छन् ।

भेलामा आजपा कार्यालय सदस्य एवं पूर्व सांसद समिना हुसेन, रौतहट जिल्ला अध्यक्ष नरेश तुरहा, आम विद्यार्थी मोर्चाका अध्यक्ष विवेक साह सहित जिल्लाका अगुवा नेताहरुको समेत विशेष सहभागिता रहेको थियो । 

भेलाले रौतहट जिल्लामा विद्यार्थीको अनुपातमा बिषयगत र तहगत शिक्षकको अभाव रहेकाले त्यसका लागि संघर्षका कार्यक्रम अगाडी बढाउने निष्कर्ष समेत निकालेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप