रियल म्याड्रिडको खेलमैदानमा पुगेपछि रचनाले भनिन्– यस्तै रङ्गशाला नेपालमा कहिले बन्ला ?
काठमाडौँ । साङ्गीतिक कार्यक्रमको लागि युरोप पुगेकी गायिका रचना रिमालले रियल म्याड्रिडको खेलमैदान अवलोकन गरेकी छन् । उनले रियल म्याड्रिडको घरेलु मैदान सान्तियागो बेर्नाबेउ पुगेको सोमबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएकी छन् ।
उनले लेखेकी छन्,'मैले खेल हेर्न र बुझ्न थालेपछि टिभीमा खेल हेर्दै गर्दा एक पटक भएपनि रियल म्याड्रिड, बार्सिलोना, म्यान्चेस्टर युनाईटेड, सिटी , चेल्सी, लिभरपुल, आर्सनल, पिएसजी लगायतका टिमको मैदान एक पटक पुग्न पाए भन्ने लाग्थ्यो । युरोप साङ्गीतिक यात्राका क्रममा हिजो स्पेन आइपुगेँ । त्यसैक्रममा रियल म्याड्रिडको होम ग्राउन्ड सान्तियागो बेर्नाबेउ पुग्ने अवसर प्राप्त भयो ।'
पहिलो पटक रियल म्याड्रिडको घरमै पुग्दा मनमा उठेको खुसी, रोमाञ्चकता र सपना पूरा भएको अनुभूति अवर्णनीय रहेको बताइन् । उनले अगाडि लेखेकी छन्,'टिभी पर्दामा देख्दै आएको मैदान, आज आफ्नै आँखाले देख्दा आँखा रसाए । हेरौँ अन्य स्टेडियम पुग्ने रहर कत्तिको पुरा हुन्छ ।'
यस्तै गायिका रिमालले यस्तै रङ्गशाला नेपालमा कहिले बन्ला भन्दै प्रश्न समेत गरेकी छन् । उनी अगाडि लेख्छिन्,'तर एउटै आशा र रहर चाहीँ आफ्नै देशमा एउटा मात्रै यस्तै रङ्गशाला भइदिए भन्ने नै बढी महसुस हुने रहेछ । कहिले बन्ला है ?'

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान युद्धका लागि अमेरिकी तल्लो सदनबाट ९५ अर्ब डलरको बजेट स्वीकृत
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण