उखुको बोटसहित किसान सडक आन्दोलनमा आउनु दुःखद : डा. शेखर कोइराला
मङ्गलबार, १० भदौ २०८२, १० : ४५
सारांश
- डा. शेखर कोइरालाले उखु किसानको माग पूरा गर्न सरकारलाई आग्रह गरेका छन्।
- कोइरालाले किसानहरुको आन्दोलन दुखद भएको बताए।
- उनले कृषिलाई प्राथमिकतामा राख्न जोड दिए।
काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले उखुको बोटसहित किसान सडकमा आउनु दुःखद भएको भन्दै उनीहरूको माग पूरा गर्न सरकारलाई आग्रह गरेका छन् ।
डा. कोइरालाले भनेका छन्, ‘उखुको बोट सहित किसान सडक आन्दोलनमा आउनु अत्यन्त दुःखद स्थिति हो । उनीहरूको माग तुरुन्त पुरा गरौँ ।’
उनले कृषिलाई प्राथमिकतामा राखेको भनेर किताबमा लेखेर र भाषणमा बोलेर मात्रै नहुने बताए ।
‘खेतीको बेलामा मल नपाउने, खेतमा हुनुपर्ने बेलामा किसान मल किन्न लाइनमा उभिनुपर्ने, उत्पादन भएको दूध सडकमा फाल्नुपर्ने, देशको प्रमुख नगदे बाली उखुमा कहिले भुक्तानी नपाउने, कहिले अनुदान कटौती गरिने, अनि हामी कसरी खाद्यान्नमा आत्मनिर्भर हुन सक्छौँ ? कृषिलाई सरकारले प्राथमिकतामा राखेको भनेर किताबमा लेखेर तथा भाषणमा बोलेर मात्रै हुन्छ र ?,’ डा. कोइरालाले सामाजिक सञ्जाल एक्समा लेखेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सार्वजनिक जग्गा संरक्षणमा महानगरको सक्रियता : अतिक्रमण हटाउने अभियान जारी रहने
-
खरिद ऐनको दोस्रो संशोधनले राज्यको खर्च गर्ने क्षमता बढाउँछ : अध्यक्ष पाण्डे
-
विश्वकप समापनको सँघारमा : गोल्डेन बुटदेखि गोल्डेन बलसम्म, को-को छन् दाबेदार?
-
मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ
-
कुवेत र जोर्डनस्थित अमेरिकी सैन्य लक्ष्यमा इरानकाे आक्रमण
-
वीरगन्ज भन्सारद्वारा गत आवमा साढे दुई खर्ब राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण