शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय
प्रदर्शन

तीन दिनदेखि उखु किसान आन्दोलनमा, तस्बिरहरू

मङ्गलबार, १० भदौ २०८२, १२ : ५७
मङ्गलबार, १० भदौ २०८२

सारांश

  • उखु किसानहरूले बक्यौता रकमको माग गर्दै काठमाडौंमा आन्दोलन गरिरहेका छन्।
  • किसानहरूले प्रतिक्विन्टल रु ७० का दरले बक्यौता रकम भुक्तानीको माग गरेका छन्।
  • आगामी वर्षमा उखुको अनुदानलाई निरन्तरता दिनुपर्ने र मूल्य निर्धारणबारे छलफल हुनुपर्ने उनीहरूको माग छ।

काठमाडौँ ।  बक्यौता माग्दै उखु किसानहरू तीन दिनदेखि राजधानीमा आन्दोलनरत छन् । राजधानीको माइतीघरमा आइतबारदेखि सुरु आन्दोलन मंगलबार पनि जारी रहेको छ । 

उखु किसान महासंघ संघर्ष समितिको आह्वानमा भएको आन्दोलनमा किसानहरूले प्रतिक्विन्टल रु ७० का दरले बक्यौता भुक्तानी हुनुपर्ने माग गरेका छन् । 

यस्तै  चालु आर्थिक वर्ष २०८२/८३ को बजेटमा अनुदानका लागि बजेट विनियोजन नगरेको विषय पनि उनीहरूले उठाएका छन् । 

माइतीघर मण्डलामा शान्तिपूर्ण धर्नामा बसेका उनीहरूले आर्थिक वर्ष २०८१/८२ मा बिक्री गरेको उखुको एक अर्ब ६० करोड रुपैयाँ तत्काल भुक्तानी गर्नुपर्ने, आगामी वर्षमा उखुको अनुदानलाई निरन्तरता दिनुपर्ने र मूल्य निर्धारण आपसी छलफल गरेर मात्र गर्नुपर्ने माग गरेका छन् । 

धर्नामा किसानहरू विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेर सहभागी छन् । 

तस्बिरहरु : सुवास श्रेष्ठ

ukhu (1)ukhu (2)ukhu (3)ukhu (4)ukhu (5)ukhu (6)ukhu (7)ukhu (8)ukhu (9)ukhu (10)ukhu (11)ukhu (12)ukhu (13)ukhu (14)ukhu (15)ukhu (16)ukhu (17)ukhu (18)ukhu (19)ukhu (20)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप