उखु किसानको आन्दोलनमा माधव नेपालकाे ऐक्यबद्धता, पुगे माइतीघर
सारांश
- नेकपा एसका अध्यक्ष माधव नेपालले उखु किसानको आन्दोलनमा ऐक्यबद्धता जनाएका छन्।
- माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ पनि माइतीघर मण्डलामा किसानको आन्दोलनमा सहभागी भए।
- आन्दोलनरत किसानहरूले प्रतिक्विन्टल ७० रुपैयाँ बक्यौता भुक्तानी र अनुदानको निरन्तरताको माग गरेका छन्।
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले उखु किसानको आन्दोलनमा ऐक्यबद्धता जनाएका छन् ।
तीन दिनदेखि आन्दोलनरत उखु किसानहरूको मागप्रति ऐक्यबद्धता जनाउन पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपाल मंगलबार काठमाडौँको माइतीघर मण्डला पुगेका थिए ।

यस्तै नेकपा माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ पनि उखु किसानको आन्दोलनमा ऐक्यबद्धता जनाउन माइतीघर मण्डलामा पुगेका छन् ।
यसअघि नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई पनि आन्दोलनरत उखु किसानको मागप्रति ऐक्यबद्धता जनाउन माइतीघर पुगेका थिए ।
उखु किसान महासङ्घ सङ्घर्ष समितिको आह्वानमा आइतबारदेखि भएको आन्दोलनमा किसानहरूले प्रतिक्विन्टल रु ७० का दरले बक्यौता भुक्तानी हुनुपर्ने माग गरेका छन् ।

यस्तै चालु आर्थिक वर्ष २०८२/८३ को बजेटमा अनुदानका लागि बजेट विनियोजन नगरेको विषय पनि उनीहरूले उठाएका छन् । उनीहरूले आर्थिक वर्ष २०८१/८२ मा बिक्री गरेको उखुको एक अर्ब ६० करोड रुपैयाँ तत्काल भुक्तानी गर्नुपर्ने माग गरेका छन् ।

त्यस्तै आगामी वर्षमा उखुको अनुदानलाई निरन्तरता दिनुपर्ने र मूल्य निर्धारण आपसी छलफल गरेर मात्र गर्नुपर्ने माग गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सार्वजनिक जग्गा संरक्षणमा महानगरको सक्रियता : अतिक्रमण हटाउने अभियान जारी रहने
-
खरिद ऐनको दोस्रो संशोधनले राज्यको खर्च गर्ने क्षमता बढाउँछ : अध्यक्ष पाण्डे
-
विश्वकप समापनको सँघारमा : गोल्डेन बुटदेखि गोल्डेन बलसम्म, को-को छन् दाबेदार?
-
मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ
-
कुवेत र जोर्डनस्थित अमेरिकी सैन्य लक्ष्यमा इरानकाे आक्रमण
-
वीरगन्ज भन्सारद्वारा गत आवमा साढे दुई खर्ब राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण