सेयर बजारमा सामान्य सुधार, ४ अर्ब १८ करोडको कारोबार
काठमाडौँ । सेयर बजार परिसूचक (नेप्से) मा मंगलबार सामान्य वृद्धि देखिएको छ । नेप्सेका अनुसार आज बजार ४.८३ अङ्कले बढेर २७६६.०९ विन्दुमा पुगेर बन्द भएको छ ।
आज दिनभरको कारोबारमा बजारमा ४ अर्ब १८ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । दिनभरमा कुल ३२२ स्क्रिपका ९२ लाख ४३ हजार कित्ता सेयर किनबेच भएका छन् ।
परिसूचक सकारात्मक रहे पनि आज बजारमा गिरावट आउने कम्पनीको सङ्ख्या बढी रह्यो । कुल कारोबारमा आएका कम्पनीहरूमध्ये १०१ कम्पनीको सेयर मूल्यमा वृद्धि भयो भने १४९ कम्पनीको मूल्यमा गिरावट आएको छ । एउटा कम्पनीको मूल्य भने स्थिर रहेको रह्यो ।
आज बजारमा इन्भेष्टमेन्ट, उत्पादन तथा प्रशोधन, माइक्रोफाइनान्स र निर्जीवन बीमा समूहमा गिरावट आयो । अन्य समूहमा वृद्धि भए पनि सबै समूहको उतारचढाव १ प्रतिशत भन्दा कम नै रहेका छन् ।
आज बजारमा विकास हाइड्रोपावरको सेयर मूल्यमा सबैभन्दा धेरै ९.९९ प्रतिशतको वृद्धि देखियो । त्यसैगरी, नेपाल रिपब्लिक मिडियाको मूल्यमा ८.६१ प्रतिशत र नारायणी डेभलपमेन्ट बैंकको शेयर ७.२८ प्रतिशतले बढेर धेरै कमाउनेको सूचीमा अगाडि रहे।
आज कुनै पनि कम्पनीको सेयर मूल्यमा उल्लेख्य गिरावट छैन । कुमारी सबल योजना नामक म्युचुअल फण्डको गिरावट सबैभन्दा धेरै ३.६६ प्रतिशत रह्यो ।
कारोबार रकमको आधारमा आज नेपाल पुनर्बीमा कम्पनी अगाडि रह्यो । उक्त कम्पनीको ४८ करोड ९५ लाख रुपैयाँभन्दा बढीको कारोबार भयो । त्यसपछि क्रमशः हिमालयन रिइन्स्योरेन्स र एनआरएन इन्फास्ट्रक्चरको उच्च कारोबार भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै लक्ष्मीप्रसाद
-
रूस र युक्रेनबिच तनाव बढ्दै, ड्रोन आक्रमण र प्रतिकार जारी
-
सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन
-
कोबोली फ्रेन्च ओपनको फाइनलमा, आर्नाल्डी बाहिरिए
-
मलाई न्याय र राजनीतिमा मात्र सीमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँ: सुशीला कार्की
-
काठमाडौँमा कलिङ्गा साहित्य महोत्सव सुरु (तस्बिरहरु)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण