विधवाको कथामा ‘कन्यादान’ निर्माण घोषणा
काठमाडौँ । चलचित्र ‘कन्यादान’ निर्माण घोषणा गरिएको छ । मंगलबार तिजको अवसर पारेर प्लानेट थ्री फिल्मसले चलचित्र निर्माणको घोषणा गरेको हो ।
चलचित्र अर्जुन सुवेदीले निर्देशन गर्नेछन् । सुवेदीद्वारा निर्देशित चलचित्र ‘सोल्टिनी’ प्रदर्शनको पर्खाइमा छ । सामाजिक संवेदनशील विषयलाई केन्द्रमा राखेर निर्माण हुने यस चलचित्रले विधवा महिलाको जीवन र समाजले दिने चुनौतीलाई पर्दामा उतार्ने छ ।
‘हरेक विधवाले दोस्रो अवसर पाउनुपर्छ’ भन्ने थिम फिल्मको रहनेछ । फिल्मको लेखन कुमार भट्टराई र अर्जुन सुवेदीले मिलेर गरेका हुन् ।
आगामी वर्ष रिलिज गर्ने लक्ष्य लिइएको फिल्मको प्लानेट थ्री फिल्म्स मुख्य निर्माण संस्था रहनेछ भने सुभकाशा पिक्चर्स र ट्राइडेन्ट कन्सेप्टको सहकार्य रहनेछ ।
प्रस्तुत कर्तामा रेजिना बिष्ट, कार्यकारी निर्मातामा मार्टिन ओली, रहेको चलचित्रमा छायाङ्कन सुसन प्रजापति, सङ्गीतकारमा प्रशान्त सिवाकोटीको रहेनछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफमै ओस्मान डेम्बेलेको सानदार ह्याट्रिकः नर्वेविरुद्ध फ्रान्स ३–१ ले अगाडि
-
३२ मिनेटमै डेम्बेलेको ह्याट्रिक, नर्वेविरुद्ध फ्रान्स ३–१ ले अगाडि
-
विद्यालय तहमा नैतिक शिक्षाको पुनर्स्थापना समयको माग
-
नर्वेका स्टार स्ट्राइकर हालान्ड फ्रान्सविरुद्ध बेन्चमा, यस्तो छ कारण
-
१२ बजे १२ समाचार: एन्फा पूर्वअध्यक्ष पक्राउदेखि ९५ प्रतिशत स्थानीय सरकारले बजेट समयमै ल्याएसम्म
-
भेनेजुएला भूकम्प: मृतकको सङ्ख्या ५८९ पुग्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण