उखु किसानको बटमलाइन ७० रुपैयाँ अनुदान, आन्दोलन जारी
सारांश
- उखु किसानहरूले सरकारसँग अनुदान रकमको माग गर्दै आन्दोलन जारी राख्ने भएका छन्।
- किसानहरूले सरकारले प्रदान गरेको अनुदान रकमप्रति असन्तुष्टि जनाएका छन्, किनभने यो रकम उनीहरूको मागभन्दा कम छ।
- तराईका १३ जिल्लाका उखु किसानहरू काठमाडौंमा आई आन्दोलन गरिरहेका छन्, र उनीहरूले ७० रुपैयाँ प्रतिक्विन्टल अनुदानको माग गरेका छन्।
काठमाडौँ । उखु किसानहरूले आन्दोलन जारी राख्ने भएका छन् । उखु उत्पादक महासंघका अध्यक्ष श्यामबाबु रायले किसानको माग पुरा नभएको भन्दै आन्दोलन जारी राख्ने बताए ।
‘सरकारले ७५ करोड बढी निकासी गर्ने भनेको सरकारको कुरा हो । तर किसानले ७० रुपैयाँ अनुदान माग गरिरहेको छ, त्यसकारण यो आन्दोलन रोकिँदैन’ रायले भने ।
सरकारले ३५ रुपैयाँको दरले पैसा पर्सिसम्म किसानको खातामा जाने भन्ने कुराप्रति उखु किसानको आपत्ति रहेको उनले सुनाए । ‘हामीले मागेको ७० रुपैयाँ, जुन अघिल्लो साल पाइरहेका थियौँ । कटौती गरेर दिएको पैसामा हाम्रो सहमति छैन,’ रायले रातोपाटीसँग भने ।
सरकारले ४ सदस्यीय वार्ता समिति गठन गरेको प्रसङ्गमा उनले पहिलो र अन्तिम कुरा नै प्रतिक्विन्टल अनुदान ७० रुपैयाँ रहेको बताए । ‘सरकारले वार्ता समिति जो बनाए पनि हाम्रो एउटै कुरा भनेको, अनुदान कटौती गर्न नपाउने विषय हो ।’ रायले भने ।
आइतबारदेखि तराईका १३ जिल्लाका ६ सय बढी उखु किसान आन्दोलित छन् । उखु किसान काठमाडौँमा आएपछि सरकारले हिजो मङ्गलवार अनुदान बापतको रकम निकासा गरेको थियो । अर्थ मन्त्रालयले यस बापत ७५ करोड ४९ लाख ३८ हजार २ सय ४० रुपैयाँ निकासा गरेको हो ।
निकासा गरिएको रकम जिल्ला स्थित कोष तथा लेखा नियन्त्रकको कार्यालय मार्फत किसानको बैङ्क खाता मार्फत भुक्तानी हुने कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाए पनि उक्त रकम अनुदान कटौती गरेर राखेको ३५ रुपैयाँको मात्रै भएको किसानहरूको बुझाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सार्वजनिक जग्गा संरक्षणमा महानगरको सक्रियता : अतिक्रमण हटाउने अभियान जारी रहने
-
खरिद ऐनको दोस्रो संशोधनले राज्यको खर्च गर्ने क्षमता बढाउँछ : अध्यक्ष पाण्डे
-
विश्वकप समापनको सँघारमा : गोल्डेन बुटदेखि गोल्डेन बलसम्म, को-को छन् दाबेदार?
-
मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ
-
कुवेत र जोर्डनस्थित अमेरिकी सैन्य लक्ष्यमा इरानकाे आक्रमण
-
वीरगन्ज भन्सारद्वारा गत आवमा साढे दुई खर्ब राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण