शनिबार, १३ असार २०८३
ताजा लोकप्रिय

टिजरमा यस्तो देखियो हरिबहादुरको जुत्ता

बुधबार, ११ भदौ २०८२, १९ : ५०
बुधबार, ११ भदौ २०८२

काठमाडौँ । दसैँमा प्रदर्शनमा आउने चलचित्र ‘हरिबहादुरको जुत्ता’को बुधबार टिजर सार्वजनिक गरिएको छ ।

हाँसो, आँसु र करुणासहित सबै भावनालाई समेटेको टिजरले नेपाली दर्शकलाई टेलिभिजन सिरियलमा चर्चित बनेको हरिबहादुर पात्र सम्झाएको छ ।

सिरियलमा चोर र ठगको परिचय बनाएको हरिबहादुर,जसले अरूलाई मात्रै रुवाउँथ्यो, चलचित्रमा आइपुग्दा भने आफू पनि रोएको देख्न सकिन्छ । 

निर्देशक दीपेन्द्र के. खनालले यसपटक हरिबहादुरलाई केवल हास्यमै सीमित नराखी भावुक र कारुणिक पात्रका रूपमा पनि देखाउन खोजेको आभाष टिजरले दिन्छ ।

असोज १३ गतेबाट प्रदर्शनमा आउने फिल्ममा हरिबहादुर (हरिवंश आचार्यको पात्र) केन्द्रमा रहेपनि अन्य चर्चित कलाकारहरूको अभिनय पनि देख्न सकिन्छ ।

टिजरमा प्रियङ्का कार्की प्रहरीको भूमिकामा देखिएकी छिन् भने स्वस्तिमा खड्का, प्रकाश सपुत, दिव्य देव, हरिहर शर्मा, राजाराम पौडेल, दिनेश काफ्ले, कमलमणि नेपाल लगायत कलाकारहरूको अभिनय पनि समावेश छ ।

एसएम मोसन पिक्चर्सको ब्यानरमा निर्माण भएको चलचित्रलाई सरोज ओली र मोहितवंश आचार्यले निर्माण गरेका हुन् । चलचित्रका छायाङ्कन कृष्ण बहादुर थापा, सम्पादन नकुल खड्का ले गरेका छन्। सङ्गीतमा वसन्त सापकोटा, दीपक शर्मा र प्रकाश सपुत छन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप