‘रेल गनेर बस्ने’ जागिर लगाइदिएर लाखौँ ठगी
सारांश
- भारतमा रेलवेमा जागिर लगाइदिन्छु भन्दै बेरोजगार युवाहरूबाट लाखौं ठगी गर्ने गिरोह पक्राउ परेको छ।
- मध्य प्रदेशको ग्वालियरमा भएको घटनामा, गिरोहले जागिरको लागि प्रति व्यक्ति २ देखि ५ लाख भारु लिएको थियो।
- प्रहरीले उजुरीको आधारमा अनुसन्धान सुरु गरेको छ र ठगीमा संलग्न व्यक्तिहरूको खोजी गरिरहेको छ।
नयाँ दिल्ली । भारतमा एक गिरोहले रेलवेमा जागिर लगाइदिन्छु भन्दै बेरोजगार युवासँग लाखौँ रुपैयाँ ठगी गरेको तथ्य प्रकाशमा आएको छ ।
मध्य प्रदेश राज्यको ग्वालियरमा यस्तो घटना भएको हो । ठगको गिरोहले ती युवासँग विभिन्न दस्ताबेज माग गरेको र जागिर लगाइदिए बापत भन्दै प्रतिव्यक्ति दुईदेखि पाँच लाख भारु लिएको तथ्य प्रकाशमा आएको छ ।
ग्वालियरस्थित डबरा थाना प्रहरीले यस्तो ठगीमा ठुलै गिरोह रहेको जनाएको छ । आफू ठगिएको थाहा पाएपछि दुई युवाले प्रहरीमा उजुरी दिएका छन् । ती युवाकै उजुरीका आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको छ ।
डबरा थाना प्रमुख यशवंत गोयलका अनुसार उजुरी दर्ता गरेर अनुसन्धान अघि बढाउनका साथै ठगीमा संलग्नको खोजी भइरहेको छ ।
पीडित युवाले प्रहरीलाई दिएको जानकारी अनुसार उनीहरूलाई ठग गिरोहका सदस्यले रेलवेमा स्थायी जागिर लगाइदिने प्रलोभन दिएका थिए । त्यसबापत रकम लाग्ने भन्दै आफूहरूसँग पैसा असुलेको, झाँसीको वीरांगना रेलवे स्टेसनमा लगेर एक महिना तालिमसमेत दिइएको उनीहरूको जिकिर छ ।
‘रेल गनेर बस्नू र रजिस्टरमा चढाउनू’ भन्दै एक महिनाको तलबसमेत दिइएको तर ‘जागिर लगाइदिने’ भनिएका गिरोहका सदस्य नियुक्ति नदिईकन अर्को महिना फरार भएको पीडित युवाले प्रहरीसमक्ष जनाएका छन् । नियुक्ति पत्र नपाएको र जागिर लगाइदिन्छु भन्नेहरू सम्पर्कविहीन भएपछि आफू ठगिएको थाहा पाएको पीडितले जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुनावी परिणामलाई लिएर हार मानेको छैन: कुलमान
-
जीवन आफैँमा एक निरन्तर अभ्यास हो : दयाहाङ राई
-
लिङ्ग परिवर्तनको शल्यक्रियापछि अनायाले पोखिन् पीडा
-
आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
-
इरानले सुरुङमा विस्फोटक धराप बिछ्याएपछि अमेरिकी योजना रोकिएको खुलासा
-
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण