अमेरिकाको रोग नियन्त्रण केन्द्रकी निर्देशक सुसन मोनारेजले छाड्न मानिनन् पद
सारांश
- सीडीसीकी निर्देशक सुसन मोनारेज र ट्रम्प प्रशासनबीच विवाद उत्पन्न भएको छ, उनलाई बर्खास्त गरिएको घोषणा गरिएको थियो।
- मोनारेजले ह्वाइट हाउसको निर्देशिकालाई अस्वीकार गर्दै स्वास्थ्य मन्त्रीमाथि जनस्वास्थ्यलाई हतियार बनाएको आरोप लगाएकी छिन्।
- मोनारेजलाई बर्खास्त गर्नु कानून सम्मत नभएको र सीडीसीका अन्य चार शीर्ष अधिकारीहरूले राजीनामा दिएका थिए।
वासिङ्टन डिसी । अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी)की निर्देशक सुसन मोनारेज र डोनाल्ड ट्रम्प प्रशासनबीच यतिबेला चर्काचर्की चलिरहेको छ । ह्वाइट हाउसले मोनारेजलाई बर्खास्त गरिएको घोषणा गरेको थियो ।
तर, एक महिना अघि मात्रै सीडीसीकी निर्देशक बनेकी मोनारेजले ‘रबर स्ट्याम्प, अवैज्ञानिक र लापरबाहीपूर्वक दिइएको निर्देशिका’ मान्न अस्वीकार गरेकी छिन् । उनले उल्टै स्वास्थ्य मन्त्री रोबट एफ केनेडीमाथि जनस्वास्थ्यलाई हतियार बनाएको आरोप लगाएकी छिन् । मोनारेजलाई बर्खास्त गर्नु कानून सम्मत नभएको र ह्वाइट हाउसका अधिकारीले नभएर राष्ट्रपति डोनाल्ड ट्रम्पले मात्रै उनलाई निकाल्न पाउने मोनारेजका वकिलहरूको जिकिर छ ।
मोनारेजलाई राजीनामा दिन भनिएको अनि पहिले उनी यसमा सहमत जनाएर पछि अस्वीकार गरिन् भनेर ह्वाइट हाउसका प्रेस सचिव क्यारोलिन लेभिटले भनेकी छिन् ।
स्रोतहरूका अनुसार केनेडी जुनियरका निकटका जिम ओ’निललाई सीडीसीको कार्यवाहक निर्देशक बनाइएको छ । यद्यपि, यो नियुक्ति अहिलेसम्म आधिकारिक रूपमा घोषणा गरिएको छैन । राष्ट्रपतिको ‘मेक अमेरिका हेल्दी अगेन’ योजनासँग मोनारेजको विमति रहेको अनि त्यसैले उनलाई हटाउन लागिएको विश्लेषण गरिएको छ । मोनारेजको बर्खास्तीपछि, बुधबार सीडीसीका अन्य चार शीर्ष अधिकारीहरूले पनि राजीनामा दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपको सङ्घारमा अमेरिका र इरानबिच खेलकुदमा पनि तनाव
-
रास्वपा गुल्मी सभापतिमा हरि श्रेष्ठ निर्वाचित
-
खाडी मुलुकहरूको पुनर्निर्माणमा इरानी सम्पत्ति प्रयोग गर्न दिने अमेरिकी योजना
-
नेपालगञ्ज र धनगढीको तापक्रम ४० डिग्री पुग्ने, काठमाडौँसहित यी सहरमा वर्षा
-
अमेरिकी सेनाले स्ट्रेट अफ होर्मुजमा २ इरानी ड्रोन खसाल्यो
-
चोटका कारण कोहली अफगानिस्तानविरुद्धको एकदिवसीय शृङ्खलाबाट बाहिर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण