उखु किसानद्वारा सरकारविरुद्ध माइतीघरमा धर्ना र नाराबाजी
शुक्रबार, १३ भदौ २०८२, १३ : ३०
सारांश
- गत आर्थिक वर्षको उखु बक्यौता अनुदान प्रति क्विन्टल ७० रुपैयाँ भुक्तानीको माग गर्दै किसानहरूले काठमाडौंमा धर्ना दिए।
- उखु उत्पादक संघ नेपालको नेतृत्वमा किसानहरूले मूल्य निर्धारणमा सहभागिता, अनुदान र भ्याट खारेजीको माग गरेका छन्।
- आफ्ना मागहरू पूरा नभएसम्म १३ जिल्लाका किसानहरूले आन्दोलन जारी राख्ने चेतावनी दिएका छन्।
काठमाडौँ । गत आ. व. २०८१/८२ को उखु बक्यौता अनुदान प्रतिक्विन्टल ७० रुपैयाँ भुक्तानी गर्न दबाब दिँदै आएका उखु किसानहरूले शुक्रबार पनि काठमाडौँमा धर्ना दिएका छन्।
उखु उत्पादक सङ्घ नेपालले नेतृत्व गरेको आन्दोलनमा किसानहरूले मूल्य निर्धारणमा सहभागिता सुनिश्चित गर्न, अनुदान तत्काल उपलब्ध गराउन र उखुमा लाग्ने भ्याट खारेज गर्न सरकारसमक्ष मुख्य माग राखेका छन्। धर्ना क्रममा उनीहरूले सरकारविरुद्ध चर्का नाराबाजी समेत गरेका छन्।
१३ जिल्लाबाट आएका किसानहरूले आफ्नो माग सम्बोधन नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सार्वजनिक जग्गा संरक्षणमा महानगरको सक्रियता : अतिक्रमण हटाउने अभियान जारी रहने
-
खरिद ऐनको दोस्रो संशोधनले राज्यको खर्च गर्ने क्षमता बढाउँछ : अध्यक्ष पाण्डे
-
विश्वकप समापनको सँघारमा : गोल्डेन बुटदेखि गोल्डेन बलसम्म, को-को छन् दाबेदार?
-
मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ
-
कुवेत र जोर्डनस्थित अमेरिकी सैन्य लक्ष्यमा इरानकाे आक्रमण
-
वीरगन्ज भन्सारद्वारा गत आवमा साढे दुई खर्ब राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण