गृहमन्त्री असफल भएको भन्दै सांसदले मागे गृह मन्त्रालय
शुक्रबार, १३ भदौ २०८२, १४ : ०४
सारांश
- एमाले सांसद किरणकुमार साहले गृहमन्त्रीले गृह मन्त्रालय चलाउन नसकेको आरोप लगाए।
- सांसद साहले देशमा सुशासन कायम गर्न नसकेको भन्दै एक महिनाका लागि गृह मन्त्रालयको जिम्मेवारी मागे।
- उनले आफू असफल भए सांसद पदबाट राजीनामा दिने बताए।
काठमाडौँ । नेकपा एमालेका सांसद किरणकुमार साहले मुलुकमा सुशासन कायम हुन नसकेको भन्दै गृहमन्त्रीले गृह मन्त्रालय चलाउन नसकेकाले आफूलाई दिन माग गरेका छन् ।
शुक्रवार बसेको प्रतिनिधिसभा बैठकमा सांसद साहले मुलुकमा हत्या, लुटपाट जस्ता घटना बढिरहेको तथा कानुनको कार्यान्वयन गर्न सरकार असफल भएको भन्दै आफूलाई एक महिना गृह मन्त्रालय चलाउन दिन माग गरेका हुन् ।
‘म स्पष्ट भन्छु यो सबै गृहमन्त्रीको लापरबाही र कमजोरी हो । यदि गृहमन्त्रीसँग मन्त्रालय चलाउने क्षमता छैन भने त्यो मन्त्रालय मलाई दिनुस्’, साहले भने– ‘एक महिनाका लागि दिनुहोस् म देखाउँछु सुशासन, संविधान कार्यान्वयन र कानुनी शासन भनेको के हो ।’ उनले आफू त्यसो गर्दा सफल नभएमा सांसद पदबाट राजीनामा दिने समेत बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘रैथाने उत्पादन संरक्षण गर्न भौगोलिक सङ्केतसम्बन्धी कानुन तर्जुमा गरिने’
-
औषधिको मूल्य समायोजन प्रक्रिया अघि बढाउँदै सरकार
-
ठमेलमा पर्यटकलाई दुःख दिने र प्रहरीमाथि अभद्र व्यवहार गर्ने २३ जना पक्राउ
-
नेपाल–दक्षिण कोरिया शिक्षा सहकार्य विस्तारबारे शिक्षामन्त्री र राजदूतबिच छलफल
-
यसरी सम्भव छ बाह्रैमास पर्यटन
-
जर्मन फरवार्ड करिम अदेयेमी बार्सिलोनामा अनुबन्ध, २२ मिलियन युरोको सम्झौता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण