शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय
अपडेट

सरकार र उखु किसानबिच वार्ता सुरु

शुक्रबार, १३ भदौ २०८२, १६ : ४२
शुक्रबार, १३ भदौ २०८२

काठमाडौँ । सरकार र आन्दोलनरत उखु किसानबिच सिंहदरबारमा वार्ता सुरु भएको छ । कृषि मन्त्री रामनाथ अधिकारी किसानसँग आफैं वार्तामा बसेका छन् ।

आइतबारदेखि तराईका १३ जिल्लाका ६ सयभन्दा बढी उखु किसान आन्दोलित छन् ।  उखु किसान काठमाडौँमा आएपछि सरकारले  मङ्गलवार अनुदान  बापतको रकम निकासा गरेको थियो । अर्थ मन्त्रालयले यस बापत ७५ करोड ४९ लाख ३८ हजार २ सय ४० रुपैयाँ निकासा  गरेको हो ।  

निकासा गरिएको रकम जिल्ला स्थित कोष तथा लेखा नियन्त्रकको कार्यालय मार्फत  किसानको बैङ्क खाता मार्फत भुक्तानी हुने कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाए पनि उक्त रकम अनुदान कटौती गरेर राखेको ३५ रुपैयाँको मात्रै भएको किसानहरूको बुझाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप