‘छक्का पन्जा’ युएसए कमेडी टुर गर्दै दीपक–दीपा
शुक्रबार, १३ भदौ २०८२, १६ : ४८
काठमाडौँ । ‘छक्का पन्जा’ नामबाट ५ सिरिजसम्म हिट फिल्म दिन सफल कलाकार जोडी दीपकराज गिरी र दीपाश्री निरौलाले यही नामबाट अमेरिकामा कमेडी टुर कार्यक्रम गर्ने भएका छन् । टुर आगामी सेप्टेम्बर र अक्टोम्बरमा अमेरिकाका विभिन्न सहरमा आयोजना हुने जानकारी कलाकार दीपकराज गिरीले सामाजिक सञ्जालमार्फत गराएका छन् ।
आत्रय प्रोडक्सनको आयोजना रहेको कार्यक्रममा ‘छक्का पन्जा’ टिमका कलाकार दीपकराज गिरी, दीपाश्री निरौला र जितु नेपाल सहभागी हुनेछन् भने टिम बाहिरबाट गायक धर्मेन्द्र सेवा, गायिका मिना पोखरेल र कार्यक्रम प्रस्तोता तथा अभिनेता आसिफ शाहले सहभागिता जनाउनेछन् ।
दीपक, दीपाश्री र जीतुले कमेडी, धर्मेन्द्र र मिनाले गीत संगीत प्रस्तुत गर्ने कार्यक्रमको सञ्चालन आसिफ शाहले गर्ने बताइन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफमै ओस्मान डेम्बेलेको सानदार ह्याट्रिकः नर्वेविरुद्ध फ्रान्स ३–१ ले अगाडि
-
३२ मिनेटमै डेम्बेलेको ह्याट्रिक, नर्वेविरुद्ध फ्रान्स ३–१ ले अगाडि
-
विद्यालय तहमा नैतिक शिक्षाको पुनर्स्थापना समयको माग
-
नर्वेका स्टार स्ट्राइकर हालान्ड फ्रान्सविरुद्ध बेन्चमा, यस्तो छ कारण
-
१२ बजे १२ समाचार: एन्फा पूर्वअध्यक्ष पक्राउदेखि ९५ प्रतिशत स्थानीय सरकारले बजेट समयमै ल्याएसम्म
-
भेनेजुएला भूकम्प: मृतकको सङ्ख्या ५८९ पुग्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण