रुपन्देही–३ को उम्मेदवार बन्ने प्रतिस्पर्धामा रहेका रास्वपाका ९ नेता रविलाई भेट्न नख्खु कारागार जाँदै
आइतबार, १५ भदौ २०८२, ०९ : २०
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टीले रुपन्देही-३ को उपनिर्वाचनका लागि आज उम्मेदवार चयन गर्ने भएको छ।
- ९ जना प्रतिस्पर्धीमध्येबाट प्राथमिक निर्वाचनको मतका आधारमा एक जना उम्मेदवार छनोट हुनेछ।
- उम्मेदवारहरूले आज नख्खु कारागारमा रहेका पार्टी सभापति रवि लामिछानेलाई भेट्नेछन्।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट रुपन्देही–३ मा कार्तिक १७ मा हुने उपनिर्वाचनको लागि आज उम्मेदवार चयन हुने भएको छ ।
प्रतिस्पर्धामा रहेका ९ जनाबाट प्राथमिक निर्वाचनको मतपरिणाम अनुसार एक जनालाई आधिकारिक उम्मेदवार घोषणा गर्ने पार्टीको तयारी छ ।
यसैबिच प्रतिस्पर्धामा रहेका ९ जना उम्मेदवारले आज नख्खु कारागारमा रहेका पार्टी सभापति रवि लामिछानेलाई भेट्ने भएका छन् । आज बिहान ११ बजे उनीहरु नख्खु कारागार जाने भएका हुन् ।
पार्टीको सचिवालय बैठक पनि आजै दिउसाे १:३० बस्ने भएको छ । त्यसपछि रुपन्देहीका लागि पार्टीको उम्मेदवारको नाम सार्वजनिक गरिने छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण