सेयर बजारमा निराशा : ३१.१७ अङ्कले परिसूचक घट्दा बजार २७५० मुनि
काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज(नेप्से) ३१.१७ अङ्कले घटेको छ । साताको पहिलो दिन आइतबार बजार घट्दा परिसूचक २७४९.८३ विन्दुमा झरेको छ । बजार बन्द हुँदा कुल ६ अर्ब ६ करोड १८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
आजको कारोबारमा बजारमा ठुलो दबाब देखिएको थियो । जहाँ कुल २२८ कम्पनीको मूल्यमा गिरावट आउँदा, केवल २१ कम्पनीको मूल्यमा सामान्य वृद्धि भएको छ। एक कम्पनीको मूल्य भने स्थिर रहन पुग्यो ।
समग्रमा, आज १ करोड ४८ लाख कित्ता सेयरको किनबेच भएको छ । आज ९७ हजार १७४ वटा कारोबार भएका थिए ।
यी कारोबारमा जम्मा ३२१ वटा फरक–फरक कम्पनीका धितोपत्रहरू समावेश थिए । यो तथ्याङ्कले बजारमा बिक्रीको चाप बढी रहेको स्पष्ट देखाउँछ ।
आज बजारका सबै उपसमूहमा गिरावट आएको छ । बैंकिङ, म्युचुअल फण्ड र ट्रेडिङ सबै समूह बाहेक सबैको गिरावट एक प्रतिशत भन्दा धेरै रहेको छ ।
कारोबार भएका कम्पनीमध्ये आज उन्नति सहकार्य लघुवित्तको सर्वाधिक ६.७७ प्रतिशत मूल्य बढेर २३९६.०७ रुपैयाँमा बन्द भयो । त्यसैगरी आशा लघुवित्तको ४.१६ प्रतिशत र माछापुच्छ्रे बैंकको डिबेञ्चर ८६ ले ३.९३ प्रतिशतको वृद्धि भएको छ ।
आज बजारमा ग्लोबल आईएमई समुन्नत योजना २ को मूल्य सर्वाधिक १० प्रतिशतले घटेको छ । त्यस्तै, प्रभु स्मार्ट फण्ड, सिटिजन्स म्युचुअल फण्ड २, नेपाल रिपब्लिक मिडिया लगायतको मूल्य पनि घट्ने सूचीको अग्र स्थानमा रहेका छन् ।
कारोबार रकमका आधारमा भने नेपाल पुनर्बीमा कम्पनी अग्रस्थानमा रह्यो । उक्त कम्पनीको ४५ करोड ४६ लाख रुपैयाँको कारोबार भएको छ ।
त्यसपछि हिमालयन रिइन्स्योरेन्स कम्पनी, हिमालय डिस्टिलरी, नेपाल रिपब्लिक मिडिया जस्ता कम्पनीहरूको ठुलो मात्रामा कारोबार भएको देखिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सत्य निरूपण तथा बेपत्ता छानबिन आयोग गठनको माग गर्दै माइतीघरमा प्रदर्शन (तस्बिरहरू)
-
फिफाद्वारा २०२६ विश्वकपको उत्कृष्ट टोली सार्वजनिक: गोल्डेन ग्लोभ विजेता नै टिममा परेनन्
-
इरान युद्धका लागि अमेरिकी तल्लो सदनबाट ९५ अर्ब डलरको बजेट स्वीकृत
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण