लखनउको पटखा कारखानामा विस्फोट, फ्याक्ट्री मालिक–पत्नीसमेत चारको मृत्यु
नयाँ दिल्ली । भारतको उत्तर प्रदेश राज्यको राजधानी लखनउको गुडम्बामा पटाखा कारखानामा विष्फोट भएको छ । विष्फोटमा परेर कारखानाका मालिक आलम र उनकी श्रीमती मुन्नीको घटनास्थलमै मृत्यु भएको छ । प्रारम्भिक जानकारी अनुसार आलमका जेठा छोरा इमरान र छिमेकी नदीम गम्भीर घाइते भएका छन् ।
यो घटना बिहान सबा एघार बजेतिरको हो । कारखानामा दशहरा तयारीका लागि पटखा बनाइँदै थियो । कारखानामा दुई वटा विस्फोट भएका थिए । विस्फोट यति ठुलो थियो कि आवाज आधा किलोमिटरसम्म सुनिएको थियो । प्राप्त जानकारी अनुसार आलमले आफ्नै घरमा बारुद राखेका थिए र त्यसबाट पटाका बनाउने गर्थे ।
विस्फोटका कारण आलमको सम्पूर्ण घर ध्वस्त भएको छ । केही मानिसहरू अझै पनि घरमा पुरिएको आशंका गरिएको छ । विस्फोटको जानकारी पाएपछि दमकल र प्रहरी घटनास्थल पुगेका थिए ।
विस्फोटका कारण नजिकैका घरहरूमा चिरा परेको छ । राहत र उद्धार कार्य तीव्र गतिमा भइरहेको छ । प्रारम्भिक जानकारीअनुसार विस्फोटमा ७ जनाको मृत्यु भएको भनिएको थियो । तर यो संख्या पुष्टि हुन सकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान युद्धका लागि अमेरिकी तल्लो सदनबाट ९५ अर्ब डलरको बजेट स्वीकृत
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण