बिहीबार, २५ असार २०८३
ताजा लोकप्रिय

पूर्वएसएसपी थापा कांग्रेसको लुम्बिनी प्रदेश सदस्यबाट हटाइए

सोमबार, १६ भदौ २०८२, १६ : ५३
सोमबार, १६ भदौ २०८२

सारांश

  • नेपाली कांग्रेस लुम्बिनीले पूर्वएसएसपी विक्रमसिंह थापालाई प्रदेश कार्यसमिति सदस्यबाट हटायो।
  • कांग्रेस लुम्बिनीका सभापति अमरसिंह पुनले थापालाई हटाएका हुन्।
  • थापा कपिलवस्तुबाट प्रदेशसभा सदस्यका उम्मेदवार थिए र उनी ८ वर्षदेखि कांग्रेस राजनीतिमा सक्रिय थिए।

काठमाडौँ । नेपाली कांग्रेस लुम्बिनीले पार्टीका प्रदेश कार्यसमिति सदस्य पूर्वएसएसपी विक्रमसिंह थापालाई हटाएको छ ।  कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले थापालाई हटाएका हुन् । उनी गत निर्वाचनमा कपिलवस्तुबाट प्रदेशसभा सदस्यका उम्मेदवारसमेत थिए । 

नेपाली कांग्रेस विधान २०७१ (संशोधनसहित) को परिच्छेद–७ को धारा १३ (१) को उपधारा (१०) बमोजिम थापालाई जिम्मेवारीबाट मुक्त गरिएको हो । कांग्रेस लुम्बिनी सभापति पुनले थापालाई जिम्मेवारी मुक्त गरिएको जानकारी दिए । 

कपिलवस्तुको महाराजगन्ज नगरपालिका–८ निवासी थापा विगत आठ वर्षदेखि कांग्रेस राजनीतिमा सक्रिय थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप