रोहितले दिए सन्तोष सेनविरुद्ध साइबर ब्यूरोमा जाहेरी
मङ्गलबार, १७ भदौ २०८२, १५ : १९
काठमाडौँ । चलचित्र ‘माइतीघर’का निर्माता रोहित अधिकारीले चलचित्र ‘बलिदान’ टिम र त्यसका निर्माता तथा निर्देशक सन्तोष सेनविरुद्ध साइबर ब्यूरोमा जाहेरी दिएका छन् ।
आफ्नो चलचित्रलाई सामाजिक सञ्जालमा गाली गरेको भन्दै उनले मंगलबार भोटाहिटीस्थित साइबर ब्यूरोमा पुगेर जाहेरी दर्ता गराएका हुन् ।
पटक पटक ‘बलिदान’ टिमबाट हाम्रो चलचित्रको नाम लिएर सामाजिक सञ्जालमा गाली गरिएपछि जाहेरी दिन बाध्य भएको अधिकारीले बताए ।
‘चलचित्र ‘माइतीघर’लाई क्षति पुग्ने गरी सामाजिक सञ्जालमा नकारात्मक कमेन्ट गरिएपछि म चुप बस्न सकिन’ अधिकारीले भने ।
दसैँको फूलपातीमा ‘माइतीघर’, ‘बलिदान’ र ‘हरिबहादुरको जुत्ता’ गरेर तीन चलचित्र प्रदर्शन हुँदै छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ
-
नेकपा कोशीले बनायो १ हजार ४९९ सदस्यीय समिति, प्रचण्डले गराए शपथ
-
उद्योग मन्त्रालयद्वारा शासकीय सुधारका ३२ कार्य सम्पन्न
-
लागुऔषधविरुद्ध झापा प्रहरीको ‘स्वीप अपरेसन’
-
यी हुन् रास्वपाका निर्वाचित ७ पदाधिकारी र ९९ केन्द्रीय सदस्य (सूचीसहित)
-
१० बजे १० समाचार : भद्रगोल व्यवस्थापनकैबिच सकियाे रास्वपा महाधिवेशन, विवाद मिलाउन नेता फेरिएको फेरियै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण