गायक सविन श्रेष्ठको नयाँ गीत ‘मनका कुरा’ सार्वजनिक
मङ्गलबार, १७ भदौ २०८२, १८ : ३२
काठमाडौँ । गायक सविन श्रेष्ठको नयाँ गीत ‘मनका कुरा’ मंगलबार सार्वजनिक गरिएको छ ।
सविनकै शब्द, सङ्गीत रहेको गीतमा खुसी खोज्दाखोज्दै हरेस खाएको प्रेमीको कथा छ । गीतमा मिक्सिङ तथा मास्टरिङ गोपाल रसाइलीले गरेका हुन् ।
माया पाउन सङ्घर्ष गर्दागर्दै थाकेको प्रेमीको कथा भिडियोमा छ । एक्लिएको जिन्दगीमा मनको बह पोख्ने मानिस पनि नहुँदा उदासिएको प्रेमीको कथा भिडियाेमा देखाइएकाे छ ।
प्रेम र धोकाको वरिपरि गीत घुमेको छ । भिडियोमा सुजन जिम्बा र दिप्शा कार्कीको अभिनय छ । सङ्कल्प भुजेलको छायाङ्कन, भुपेन्द्र अधिकारीको सम्पादन रहेको भिडियो दिमेश श्रेष्ठले निर्देशन गरेका हुन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण