चलचित्र ‘प्रेम गीता’ को टिजर सार्वजनिक
काठमाडौँ । राजेन्द्र बस्नेतको निर्देशनमा बनेको चलचित्र ‘प्रेम गीता’को टिजर सार्वजनिक भएको छ । निर्माण पक्षले चलचित्रको १ मिनेट ११ सेकेण्डको टिजर ओएसआरको युट्युब च्यानलमार्फत मंगलबार सार्वजनिक गरिएको हो ।
टिजरमा चलचित्रका मुख्य कलाकार जाहान्वी बस्नेत,साजिद खान,सुशील पोखरेल लगायतलाई देख्न सकिन्छ । साथै टिजरमार्फत यो फिल्म लभ स्टोरी,बिछोड र एक्सन पाउन सकिन्छ ।
समसामयिक कथामा आधारित फिल्मको टिजरले केही कथा रहस्य रहेको खुलाउन खोजेको छ । यो फिल्ममा प्रेमपछिको बिछोडको कुरालाई उठाउन खोजेको हो की भन्ने बुझ्न सकिन्छ ।
ग्रीन प्यारोटस् फिल्म प्रोडक्सन प्रालिको ब्यानरमा निर्माण भएको यस फिल्ममा सुशील पोखरेल, जाहन्वी बस्नेत, साजिद खान, आशा पौडेल, अर्जुन गुरुङ (भँगेरी डन), दीपक केसी, खुस्बु पाण्डे, माधव केसी, मानसी शर्मा, दीपशन लिम्बु, मौसम खड्का र ममता माझीको अभिनय रहनेछ ।
साजिद खान प्रस्तुतकर्ता रहेको चलचित्मार अयाज अलि खान निर्माता छन्। विनयराज पौडेल मुख्य सहायक निर्देशक रहेको चलचित्रमा मौनता श्रेष्ठको लेखन, रामेश्वर हुँमागाईको छायाङ्कन, भरत बस्नेतको सङ्गीत, राजु किराँतको द्वन्द्व, रामजी लामिछानेको कोरियोग्राफी रहनेछ ।
निर्देशक बस्नेतले यसै फिल्म मार्फत निर्देशनमा डेब्यु गर्न लागेका हुन् भने फिल्म माघ २३ गतेबाट प्रदर्शनमा आउँदै छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बजेटभित्रको विभेदलाई कर्णालीका सांसदले गीत र उखान–टुक्कामार्फत यसरी पोखे असन्तुष्टि
-
अङ्गालोमा बेरिएर खुसी साँट्दै नवनिर्वाचित पदाधिकारी, तस्बिरहरू
-
नयाँ नेतृत्व र नीति तय गर्दै सकियो रास्वपाको पहिलो महाधिवेशन
-
न्यायिक समाचार सम्प्रेषणमा थप अध्ययन, सावधानी र जिम्मेवारी आवश्यक: प्रधानन्यायाधीश
-
टीकापुर क्याम्पसको अतिक्रमित ३०० बिघा जग्गा प्रयोगमा ल्याइने : मन्त्री पोखरेल
-
स्थानीय सरकारका बजेट : बाली हेरालुदेखि विवाह र सन्तान भत्तासम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण