संसद् बैठक
सभामुखले बोल्दाबोल्दै रोके माओवादी सांसद छिरिङलामु लामालाई
बुधबार, १८ भदौ २०८२, १६ : १६
सारांश
- सभामुख देवराज घिमिरेले सांसद छिरिङ लामु लामा तामाङलाई बोल्दा बोल्दै रोके।
- सांसद लामाले आकस्मिक समयमा फरक विषय बोलेको भन्दै सभामुखले रोकेका हुन्।
- सभामुखले पहिले विषय सम्झाउँदा पनि लामाले नमानेपछि रोकेका थिए।
काठमाडौँ । सभामुख देवराज घिमिरेले प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) की सांसद छिरिङ लामु लामा तामाङलाई बोल्दा बोल्दै रोकेका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा आकस्मिक समयमा बोल्दै गर्दा लामालाई सभामुख घिमिरेले रोकेका हुन् ।
सांसद लामाले आकस्मिक समयमा बोल्दा सभामुखलाई टिपाएको विषय भन्दा फरक विषय बोलेको भन्दै रोकेका हुन् । लामा बोल्दै गर्दा पहिला सभामुख घिमिरेले विषय सम्झाएका थिए । उनले सांसद लामालाई बोल्दै गर्दा निर्देश गर्दै भनेका थिए, ‘माननीयज्यू जे विषय माग गर्नुभएको छ, त्यही विषयमा जान निर्देश गर्दछु ।’
उनको निर्देशनपछि सांसद लामाले आफ्नो विषय आउनै लागेको बताए पनि विषय प्रवेश नगरेपछि सभामुखले रोकेका हुन् । ‘तपाईंले मलाई दिएको विषय र तपाई बोलेको विषय मिलेन, त्यसैले तपाईं बस्नुस्,’ सभामुख घिमिरेले सांसद लामालाई भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेसी–रोनाल्डो युगपछि विश्वकपमा चम्किँदै नयाँ पुस्ता
-
हाल्यान्डको निर्णायक गोल, आइभरी कोस्टलाई हराउँदै नर्वे अन्तिम १६ मा
-
हाल्यान्डको गोलमा नर्वेलाई २–१ को अग्रता
-
आइभरी कोस्टले फर्कायो गोल, खेल थप रोमाञ्चक
-
कबाडी सामान बोकेका थप २ ट्रक सशस्त्रको नियन्त्रणमा
-
१२ बजे १२ समाचार : चीनमा २ नेपाली युवा पक्राउ, कर्मचारीहरूको सरुवा प्रक्रिया अब डिजिटल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण