२ लाख घुससहित पक्राउ परेका खरिदारमाथि अख्तियारले थाल्यो अनुसन्धान
बुधबार, १८ भदौ २०८२, १४ : १०
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई लाख रुपैयाँ घुससहित पक्राउ परेका एक खरिदारमाथि अनुसन्धान थालेको छ ।
मालपोत कार्यालय धुलिखेल काभ्रेका खरिदार ज्ञानेन्द्र प्रसाद भण्डारी बुधवार २ लाख रुपैयाँ घुससहित पक्राउ परेका थिए । घुस रकम र मोबाइल डिभाइससहित नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको अख्तियार प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए ।
किन पक्राउ परे ?
मालपोत कार्यालय धुलिखेल परिसरबाटै उनी पक्राउ परेका हुन् । साबिक दोलालघाट गाविस वडा नम्बर ७ मा रहेको फिल्ड बुकमा दर्ता छुट भएको जग्गाहरू धनीको नाममा छुट दर्ता गर्ने प्रयोजनका लागि उनले सेवाग्राहीसँग घुस मागेको आरोप छ ।
यसबारे उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिएको टोलीले भण्डारीलाई सेवाग्राहीसँग घुस लिइसकेको अवस्थामा पक्राउ गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिफाद्वारा २०२६ विश्वकपको उत्कृष्ट टोली सार्वजनिक: गोल्डेन ग्लोभ विजेता नै टिममा परेनन्
-
इरान युद्धका लागि अमेरिकी तल्लो सदनबाट ९५ अर्ब डलरको बजेट स्वीकृत
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण