घर फर्किन थाले बाढीबाट विस्थापित दोधारा–चाँदनीका स्थानीयवासी
कञ्चनपुर । बाढीका कारण विस्थापित कञ्चनपुरको दोधारा–चाँदनीका स्थानीयवासी घर फर्कन थालेका छन् ।
आइतरबारदेखिको अविरल वर्षाले बस्ती डुबानमा परेपछि विभिन्न विद्यालयमा आश्रय लिएका विस्थापितहरू घर फर्किन थालेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिए ।
उनका अनुसार बुधबार अम्बिका माध्यमिक विद्यालयमा आश्रय लिएका दोधारा–चाँदनी–१० शान्तीटोलका १२ घरपरिवारका ४० जना घर फर्किएका छन् ।
त्यसैगरी, जनज्योति माध्यमिक विद्यालयमा बसेका वडा नम्बर ८ का २५ घरपरिवारका ७० जना घर फर्किएको प्रवक्ता बोहराले जानकारी दिए ।
“बस्तीमा जमेको पानी घटेपछि उनीहरू घर फर्किन थालेका हुन्”, उनले भने, “दोधारा–चाँदनी नगरपालिका–३ पटराखल्लाका १५ घरपरिवारका ५५ जना जमुना आधारभूत विद्यालय जमुनाघाडीमा बसेका छन् ।”
कञ्चनपुरमा आइतबारदेखि लगातार तीन दिन भारी वर्षा भएपछि जोगबुढा नदीको बाढी बस्तीमा पस्दा दोधारा–चाँदनी नगरपालिकाका ५२ वटा घर डुबानमा परेका थिए ।
सो डुबानमा १६५ जना विस्थापित भएका थिए । बाढीले वडा १० र ७ मा रहेको सशस्त्र प्रहरीका दुई वटा बिओपीसमेत डुबानमा परेका परेका थिए ।
दोधारा–चाँदनी नगरपालिकाका प्रवक्ता हरिसिंह धनाडीले वडा नम्बर ३ पटराखल्लाका बाढी विस्थापित अझै विद्यालयमा रहेको बताए ।
“बस्तीमा पानी घटे पनि घरभित्र हिलो भएकाले बस्न सक्ने अवस्था छैन”, प्रवक्ता धनाडीले भने, “उहाँहरू भोलीसम्ममा घर फर्किनुहुन्छ ।”
विस्थापितको खानपानको व्यवस्थापन स्थानीय सङ्घसंस्थाको सहयोगमा दोधारा–चाँदनी नगरपालिकाले गरिरहेको छ । महाकाली नदी र जोगबुढा नदीले घेरिएको दोधारा–चाँदनी नगरपालिका हरेक वर्ष बाढीबाट प्रभावित हुँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनीको बजेट सोमबार आउने
-
बागमतीको अर्थतन्त्र २४ खर्ब भन्दा बढी, राष्ट्रिय अर्थतन्त्रमा ३६.७ प्रतिशत हिस्सा
-
बर्दियाको नवदुर्गा सामुदायिक वनमा ५०० बाँसका बिरुवा रोपिए
-
रोमानियामा एड्रियन भेस्टिया नयाँ प्रधानमन्त्रीमा मनाेनीत
-
पाकिस्तानी दूतावासद्वारा निःशुल्क स्वास्थ्य शिविर, १०० भन्दा बढी लाभान्वित
-
रास्वपाको मेरिटोक्रेसी : पार्टीलाई सहयोग गर्नेलाई १ नम्बर थप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण