जनमत पार्टीको राष्ट्रिय परिषद् समन्वय बैठक भदौ अन्तिममा
काठमाडौँ । जनमत पार्टीको राष्ट्रिय परिषद् समन्वय बैठक तथा प्रशिक्षण यही भदौ अन्तिमदेखि सुरु हुने भएको छ । पार्टीका केन्द्रीय प्रवक्ता डा शरद् सिंह यादवले उक्त बैठक तथा प्रशिक्षण भदौ ३० गतेदेखि आगामी असोज ५ गतेसम्म सञ्चालन हुने जानकारी दिए ।
बाँकेबाट सुरु हुने समन्वय बैठक तथा प्रशिक्षण कार्यक्रम बर्दिया, कञ्चनपुर, कैलाली, नवलपरासी, रुपन्देही र कपिलवस्तुमा आयोजना हुने प्रवक्ता यादवले बताए । उनका अनुसार सो कार्यक्रममा राष्ट्रिय परिषद् अध्यक्ष तथा सङ्गठन विभाग प्रमुख डा जयकान्त राउत र परिषद्का सदस्य, प्रदेश सदस्य, जिल्ला इञ्चार्ज, पालिका र वडाध्यक्ष तथा सचिवहरूको उपस्थिति हुनेछ ।
प्रवक्ता यादवले आज बैठकबारे सूचना जारी गर्दै अनिवार्य रूपमा तीन पटक बैठक बसेको विस्तृत जानकारी भएको विवरणको फोटोकपीसहित उपस्थित हुन सङ्गठन विभाग प्रमुख, प्रदेश सदस्य, जिल्ला इञ्चार्ज, पालिका प्रमुख, वडाध्यक्षलगायत सबैलाई अनुरोध गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इबोला नियन्त्रणका लागि ५१ करोड ८० लाख डलर योजना
-
रास्वपा बाजुरा सभापतिमा जैशी पुनःनिर्वाचित
-
तोडियो संवादहीनता, ‘पीएमको जबाफ’ विपक्षीको बटमलाइन बन्दा खुलेन संसद्
-
सुदूरपश्चिम सरकारमा कांग्रेसले टुङ्ग्यायो मन्त्रीका नाम, आजै शपथ
-
वीरगन्जका मेयर राजेशमान सिंह निलम्बनमा
-
६ महानगरले पाए पौने १२ अर्ब अनुदान, पोखरालाई सबैभन्दा धेरै, कसले कति पाए ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण