सिन्धुलीमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु, मदन भण्डारी राजमार्ग अवरुद्ध
शुक्रबार, २० भदौ २०८२, १२ : ५०
सारांश
- सिन्धुलीको कमलामाई नगरपालिकामा ट्रकको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ।
- दुर्घटनामा ६४ वर्षीय टेकप्रसाद दाहाल घाइते भएका छन्, उनको अवस्था गम्भीर छ।
- स्थानीयले मदन भण्डारी मार्गस्थित भिमान–कटारी खण्ड अवरुद्ध पारेका छन्।
काठमाडौँ । सिन्धुलीको कमलामाई नगरपालिका–९ स्थित बथानचौडी भन्ने ठाउँमा ट्रकको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु भएको छ । विराटनगरबाट काठमाडौँ आउँदै गरेको बागमती प्रदेश–०१–००६ ख ९६४४ नम्बरको ट्रकको ठक्करबाट ४६ वर्षीय भुवन भुजेलको मृत्यु भएको हो ।
दुर्घटनामा परेर बथानचौडी घर भएका ६४ वर्षीय टेकप्रसाद दाहाल घाइते भएका छन् । उनको अवस्था गम्भीर छ । उनको बर्दिबासस्थित शुभ स्वस्थिक अस्पतालमा उपचार भइरहेको छ । ट्रक चालकलाई प्रहरीले पक्राउ गरेको छ ।
स्थानीयले मदन भण्डारी मार्गस्थित भिमान–कटारी खण्ड अवरुद्ध पारेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सत्य निरूपण तथा बेपत्ता छानबिन आयोग गठनको माग गर्दै माइतीघरमा प्रदर्शन (तस्बिरहरू)
-
फिफाद्वारा २०२६ विश्वकपको उत्कृष्ट टोली सार्वजनिक: गोल्डेन ग्लोभ विजेता नै टिममा परेनन्
-
इरान युद्धका लागि अमेरिकी तल्लो सदनबाट ९५ अर्ब डलरको बजेट स्वीकृत
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण