फिल्म ‘मितज्यू’ मा जोडिए अरुण पुन
सारांश
- अनिल बुढामगरको निर्देशनमा बन्न लागेको फिल्म 'मितज्यू' मा अरुण पुनमगर अनुबन्धित भएका छन्।
- फिल्ममा सौगात मल्ल, दयाहाङ राई, तेरिया मगर र स्मिता लामिछाने पनि मुख्य भूमिकामा रहनेछन्।
- फिल्मको छायाङ्कन रोल्पा लगायतका स्थानमा मंसिरको दोस्रो हप्ताबाट सुरु हुनेछ र चैत २७ गते प्रदर्शन हुनेछ।
काठमाडौँ । अनिल बुढामगरको निर्देशनमा बन्न लागेको फिल्म ‘मितज्यू’ अरुण पुनमगर अनुबन्ध भएका छन् । उनलाई निर्माण टिमले फिल्मको मुख्य भूमिकाको लागि अनुबन्ध गरेको हो । यसअघि अरुणले फिल्म ‘खुश्मा’ मा अभिनय गरेका थिए ।
फिल्ममा अभिनेता सौगात मल्ल, दयाहाङ राई, तेरिया मगर र स्मिता लामिछाने अनुबन्ध भइसकेका छन् । अरुणको उपस्थितिले फिल्मलाई थप बलियो बनाउने निर्माण पक्षको भनाई छ ।
फिल्मको कथा महेश राईको रहेको छ भने निर्माता जनक घर्तीमगर हुन् । यसअघि उनले ‘घर ज्वाइँ’ जस्तो हिट फिल्म निर्माण गरेका थिए । निर्देशक अनिल र जनकको यो दोस्रो सहकार्य हो ।
फिल्मको सिनेमाटोग्राफीमा शिशिर बिशङ्खे रहनेछन् भने ‘जी.एम.मुभिज प्रोडक्सन प्रा.लि.’को ब्यानरमा यो फिल्म निर्माण हुँदैछ । मङ्सिरको दोस्रो हप्ताबाट रोल्पा लगायत स्थानबाट छायाङ्कन गरिने निर्माण पक्षको भनाई छ ।
फिल्म आगामी चैत २७ गतेबाट प्रदर्शनमा आउने छ । आरआर फिल्म्स वितरण गर्ने फिल्मको निर्माण व्यवस्थापक धनबहादुर राई हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिग खेलहरू सुरु, मेस्सीबिनै इन्टर मियामीको विजयी सुरुआत
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण