उपनिर्वाचनमा उम्मेदवारलाई पत्र प्रदान गर्ने जिम्मा देउवालाई दिने कांग्रेसको निर्णय
सारांश
- नेपाली कांग्रेसले उपनिर्वाचनका लागि उम्मेदवारलाई पत्र दिने जिम्मेवारी सभापति शेरबहादुर देउवालाई दिएको छ।
- रुपन्देही क्षेत्र नम्बर ३ र मनाङ प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर २ मा आगामी कात्तिक १७ गते उपनिर्वाचन हुँदैछ।
- बैठकले निर्वाचन आयोगमा दल दर्ता गर्ने र प्रक्रिया पूरा गर्न मुख्यसचिवलाई जिम्मेवारी दिएको छ।
काठमाडौँ । नेपाली कांग्रेसले आगामी कात्तिक १७ गते हुन लागेको प्रतिनिधिसभाको रुपन्देही क्षेत्र नम्बर ३ र मनाङ प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर २ को उपनिर्वाचनका लागि पार्टीको तर्फबाट उम्मेदवारीलाई पत्र प्रदान गर्ने जिम्मेवारी सभापति शेरबहादुर देउवालाई दिएको छ ।
सभापति देउवा निवास बुढानीलकण्ठमा आइतबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले त्यस्तो निर्णय गरेको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
‘उप–निर्वाचनमा पार्टीका तर्फबाट खडा गरिने उम्मेदवारलाई दलको औपचारिक पत्र प्रदान गर्नका लागि सभापति श्री शेरबहादुर देउवालाई जिम्मेवारी प्रदान गर्ने निर्णय गर्दछ,’ बैठकपछि मुख्यसचिव पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
उपनिर्वाचन प्रयोजनका लागि नेपालको संविधानको धारा २७१ र राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४८ बमोजिम निर्वाचन आयोगमा दल दर्ता गर्ने र सो सम्बन्धी सम्पूर्ण प्रक्रिया पूरा गर्न मुख्यसचिव पौडेललाई जिम्मेवारी प्रदान गर्ने निर्णय पनि बैठकले गरेको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण