शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
एमाले विधान महाधिवेशन

हिजो अदालत थियो, आज साइबर हमला छ : केपी ओली

आइतबार, २२ भदौ २०८२, १६ : ५१
आइतबार, २२ भदौ २०८२

सारांश

  • प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले सरकारमा भएकाले चारैतिरबाट हमला भइरहेको बताए।
  • ओलीले हिजो अदालत र आज साइबर हमला भएको बताएका छन्।
  • ओलीले राष्ट्रियतामाथिको धावा र हमला सह्य नहुने बताएका छन्।

काठमाडौँ । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले सरकारमा भएकाले चारैतिरबाट हमला भइरहेको बताएका छन् । उनले हिजो एमालेमाथि अदालतको हमला भएको र आज साइबर हमला भइरहेको बताएका हुन् । आइतबार गोदावरीमा दोस्रो विधान महाधिवेशन समापन समारोहलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् ।

‘नेकपा एमाले सरकारमा छ, यस कारण हमला चारैतिरबाट छ’, प्रधानमन्त्री ओलीले भने, ‘हिजो अदालत थियो, आज साइबर हमला छ ।’

 उनले महाधिवेशनमा पेस भएका प्रतिवेदन पूर्णताका लागि प्राप्त सुझावहरूलाई स्वागतयोग्य भएको बताए । अध्यक्ष ओलीले प्रचुर विकसित मस्तिष्क सबभन्दा ठुलो पुँजी भएकोले वर्ग, वर्गीय पक्षधरता र समाजको वर्गीकरणमा व्यापक फेरबदल आएको स्मरण गराए ।

‘व्यक्तिको हिसाबले मलाई जे भनुन्, राष्ट्र र राष्ट्रियतामाथिको धावा र हमला सह्य हुँदैन’, राष्ट्रियताप्रति प्रतिबद्धता जनाउँदै ओलीले जबजबारे भ्रममा नपर्न आग्रह समेत गरे ।

‘भ्रममा पर्नु हुँदैन– जनताको बहुदलीय जनवादको विकल्प नेपाली विशेषतामा आधारित समाजवाद होइन, यो त जबजकै परिष्कृत र समृद्ध स्वरूप हो’, ओलीको भनाइ छ ।

उनले वर्तमान संविधान एक ढङ्गले भन्नु पर्दा संविधानसभामा सहभागी राजनीतिक दलमाझ सहमतिको दस्ताबेज रहेको बताए । ‘यसलाई समयानुकूल र परिष्कृत गर्दै लैजानुपर्छ’, ओलीको भनाइ छ ।

एमाले र नेतृत्वमाथि हमलाको अर्को विषय, बहाना र ठाउँ नपाएपछि एमालेले जबज छाड्यो भनेर हल्ला फिँजाइएको ओलीको गुनासो छ । नेपाली मौलिकतासहितको अर्थ राजनीतिको विकास गर्नु नै नेपाली विशेषताको समाजवाद रहेको ओलीले चर्चा गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप