केही घन्टामै शरीरमा देखिन थाल्छ चिनी खान छोड्नुको असर
सारांश
- विज्ञहरूका अनुसार चिनी छाड्दा ७२ घण्टामै शरीरमा प्रभाव देखिन थाल्छ र रगतमा चिनीको मात्रा स्थिर हुन्छ।
- चिनी छाड्दा ऊर्जा र मानसिक स्पष्टतामा सुधार हुन्छ भने मोटोपना, मधुमेह र मुटु रोगको जोखिम कम हुन्छ।
- रक्सी र ग्लुटेनको असर ढिलो देखिने भएपनि, चिनीको सेवन घटाउँदा वा बन्द गर्दा तुरुन्तै फाइदा देखिन्छ।
काठमाडौँ । हामीले ग्लुटेन (गहुँ, जौजस्ता अन्नबालीमा पाइने विशेष प्रकारको प्रोटिन समूह) वा रक्सी खान छाडेपछि शरीरमा त्यसको असर देखिन केही समय लाग्छ । यसको प्रभाव सुस्त गतिमा मात्रै देखिन्छ अनि व्यक्तिअनुसार यो फरक हुन सक्ने विज्ञहरू बताउँछन् ।
तर हामीले चिनी खान छाड्दा केही घन्टामै शरीरमा यसको प्रभाव देखिन थाल्छ । नेसनल जियोग्राफिकमा प्रकाशित एउटा रिपोर्टअनुसार हार्वर्ड मेडिकल स्कुलका पोषण र मेटाबोलिक स्वास्थ्य विशेषज्ञहरू प्रो. डेभिड लुडविग, प्रो एलेसियो फासानो, डा. केभिन हल, डाइट कम्पोजिसन विभागका प्रमुख प्रो. डेभिड नट र इम्पेरियल कलेज लन्डनका स्थापित निष्कर्षहरूले यसलाई पुष्टि गरेका छन् ।
उक्त अध्ययनले चिनी खान छाड्दा ७२ घण्टामै यसको प्रभाव देखिन थाल्ने बताइएको छ । अनुसन्धानका क्रममा आहार परिवर्तन गरेको ४८ देखि ७२ घण्टाभित्र रगतमा चिनीको मात्रा बढी स्थिर भएको पाइएको प्रो. लुडविगकाले बताए ।
यस समयमा, ऊर्जा र मानसिक स्पष्टता अझ राम्रो महसुस हुने र शरीरमा सुन्निएको घट्न थालेको सङ्केतहरू मिल्न थाल्ने उनको भनाइ थियो । दीर्घकालनमा यसले मोटोपना, टाइप–२ मधुमेह र हृदय रोगको जोखिम कम गरेको पाइयो ।
- ग्लुटेनले आन्द्रामा क्षति पुर्याउँछ
अर्थात् पहिलो कदम नै चिनी छाड्नुपर्ने अधिकांश विज्ञहरूको सल्लाह छ । ग्लाइसेमिक स्पाइक घट्दै जाँदा, मेटाबोलिज्म स्थिर हुन्छ र ऊर्जा दिगो देखिन्छ । क्लिनिक रूपमा सेलिआक संवेदनशीलता पुष्टि भएपछि मात्रै ग्लुटेन त्याग्नु फाइदाजनक हुने उनले बताए । सेलिआक संवेदनशीलता भनेको शरीरले ग्लुटेन पचाउन नसक्ने अनि उल्टै शरीरको प्रतिरक्षामा आक्रमण गर्ने अवस्था हो । यसले आन्द्रामा क्षति पुर्याउँछ र पोषक तत्त्व अवशोषणमा अवरोध उत्पन्न गर्छ ।
रक्सी खान छाड्नुको प्रभाव क्रमिक रूपमा देखिन्छ । तर यसो गर्नुका कैयौँ दीर्घकालीन लाभ छन् । मानसिक स्पष्टता, कलेजोको स्वास्थ्यमा सुधार, हार्माेनल सन्तुलनजस्ता यसका फाइदाहरू गहिरो र स्थायी हुन्छन् । अनुसन्धानकर्ताहरूका अनुसार मेटाबोलिजम घटेका, बारम्बार सुगर क्रयास भएका वा दीर्घकालीन थकान महसुस भइरहने व्यक्तिहरूले चिनीको सेवन घटाउँदा वा बन्द गर्दा स्पष्ट फाइदाहरू देखिन्छन् ।
- प्रभावको वैज्ञानिक आधार
चिनी छोड्दाको सबैभन्दा पहिलो असर रगतमा चिनी र इन्सुलिनको स्तरमा देखिन्छ । त्यसैले यी परिवर्तन २–३ दिनभित्र महसुस हुन थाल्छ । रक्सीलाई कलेजोले प्रशोधन गर्ने भएकोले यो खान छाडेपछि शरीरलाई मर्मत गर्न र सन्तुलन बनाउन हप्तादेखि महिना लाग्ने भएको यसको प्रभाव ढिलो गरेर देखिन्छ । ग्लुटेनको सेवन छाड्नुको प्रभाव चाहिँ सेलिआक रोग वा ग्लुटेन संवेदनशीलता भएकाहरूमा मात्रै छिट्टै देखिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्रपा राजा र धर्म साट्ने पार्टी हो : दुर्गा प्रसाईं
-
देउवा–शेखर समूहको भेलामा को–को छन् सहभागी ?
-
इटहरीमा कोशीकै सबैभन्दा ठुलो सम्मेलन केन्द्र बन्ने
-
निर्वाचन परिणाम बदर भएसँगै रास्वपा कैलालीको विवाद उत्कर्षमा
-
काठमाडौँ महानगरले अभिलेख व्यवस्थापन र निर्णय प्रक्रियालाई स्वचालित बनाउने
-
‘बालेन शाह नेतृत्वको सरकार धेरै लामो समयसम्म जान्छ जस्तो लाग्दैन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण