देउवालाई समर्थन फिर्ता लिन कांग्रेसका शीर्ष नेताहरूकै दबाब
सारांश
- नेपाली कांग्रेसका नेताहरूले प्रधानमन्त्री ओलीलाई दिएको समर्थन फिर्ता लिन दबाब दिएका छन्।
- विमलेन्द्र निधिले सरकारबाट बाहिरिने र सर्वदलीय सरकार गठनको प्रस्ताव राखेका थिए।
- गगन थापा र महालक्ष्मी उपाध्यायले सरकारमा बसिरहनु उचित नभएको भन्दै फिर्ता हुनुपर्ने बताए।
काठमाडौँ । नेपाली कांग्रेसभित्र प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएको समर्थन फिर्ता लिन दबाब परेको छ । सोमबार साँझ बसेको पदाधिकारी बैठकमा र व्यक्तिगत रूपमा नेताहरूले देउवालाई समर्थन फिर्ता लिन दबाब दिएका हुन् ।
पूर्वउपसभापति विमलेन्द्र निधि, महामन्त्री गगन थापा र सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ले सरकारलाई दिएको समर्थन फिर्ता लिनुपर्ने बताएका हुन् ।
सोमबारको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा पूर्वउपसभापछि विमलेन्द्र निधिले सरकारबाट बाहिरिने प्रस्ताव गरेका थिए । ‘वर्तमान सरकारबाट तत्कालै अलग हुने र राष्ट्रिय तथा सर्वदलीय सरकार गठन गर्न नेपाली कांग्रेसले अग्रसता लिनुपर्छ,’ बैठकमा निधिले भने ।
तर, देउवाले सात बुँदे सहमतिले समस्या पार्ने बताए । ‘सात बुँदे सहमति गरेको छ । अहिले के भनेर सरकारबाट निस्किने त ?’ देउवाको निधिलाई जवाफ दियो ।
त्यसमा निधिले थपे, ‘सात बुँदे सहमति भएको परिस्थिति अर्कै थियो। त्यसको अस्तित्व सकियो । अब सात बुँदेकै कुरालाई टेकेर सर्वदलीय सहमतिको सरकार बनाएर जाऊँ ।’
महामन्त्री थापाले बिहान सामाजिक सञ्जाल फेसबुकमा जेनजीमाथि भएको दमनपछि प्रधानमन्त्रीले पदबाट राजीनामा दिनुपर्ने माग गर्दैै कांग्रेस सरकारमा बसिरहनु उचित नभएको बताएका छन् । थापाले यो परिस्थितिमा नेपाली कांग्रेस सरकारमा बसिरहनु उचित नभएको भन्दै सरकारबाट तत्काल फिर्ता हुनुपर्नेमा जोड दिएका हुन्।
थापाले हालैको दमनका कारण आफू र सिङ्गो नेपाल नै रातभर सुत्न नसकेको बताएका छन् । उनले ’अबोध युवाहरू अनाहकमा मारिएको त्यो क्रूर दृश्य’ आफ्नो आँखा अगाडि घुमिरहेको उल्लेख गरेका छन् ।
उनले कांग्रेस अब एक दिन पनि यो परिस्थितिको थप साक्षी र साझेदारको रूपमा रहन नसक्ने बताएका छन्। उनले पार्टीको बैठकबाट सरकारबाट फिर्ता हुने निर्णय गराउन आफू लाग्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।
त्यस्तै सहमहामन्त्री उपाध्यायले रातोपाटीसँग कुरा गर्दै सत्तामोह त्याग्न आग्रह गरिन् ।
‘देशमा घटेका दर्दनाक घटनाप्रति म आफ्नो गहिरो शोक व्यक्त र चिन्ता प्रकट गर्दछु। यो घटनाले सम्पूर्ण नेपाली जनतामा गहिरो आघात पुर्याएको छ,’ उपाध्याले रातोपाटीसँग भनिन्, ‘नेपाली कांग्रेसले शत्ताको मोह त्यागी आत्मसमिक्षा गर्दै जनता माझ खुला र सत्यनिष्ठ माफी मागी सही बाटोको लागी मार्ग प्रशस्त गर्न आवश्यक छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा खत्री निर्वाचित, कार्यसमितिमा प्यानलकै वर्चस्व
-
सर्वदलीय बैठकमा कांग्रेसबाट आङ्देम्बे र खातुन सहभागी
-
सिन्धुलीको पर्यटन प्रवर्द्धनका लागि नागरिक स्तरबाट श्वेतपत्र जारी, सांसद गजुरेललाई बुझाइयो मागपत्र
-
रास्वपा रौतहटको जिल्ला अधिवेशन विवादमा, निर्वाचन प्रक्रिया तत्कालका लागि स्थगित
-
रास्वपाले बोलाएको सर्वदलीय बैठकमा नेकपाबाट नेपाल र पुन जाने, प्रचण्ड बेड रेस्टमा
-
रास्वपा कैलालीको सभापतिमा ठकुल्ला र उपसभापतिमा चौधरी निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण