मानहानि मुद्दामा ट्रम्पले पाएनन् राहत, तिर्नु पर्ने भयो ८ करोड ३३ लाख डलर जरिवाना
सारांश
- अमेरिकी अदालतले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई मानहानि मुद्दामा राहत दिन अस्वीकार गरेको छ।
- अदालतले जीन क्यारोलको मानहानि मुद्दामा निर्णायक मण्डलको निर्णयलाई समर्थन गर्दै ट्रम्पलाई ८ करोड ३३ लाख डलर तिर्न आदेश दिएको छ।
- ट्रम्पले आफूलाई उन्मुक्ति दिनुपर्ने तर्क गरे पनि अदालतले अस्वीकार गरेको छ, जुन यौन दुर्व्यवहार र मानहानिसँग सम्बन्धित छ।
वासिङटन डिसी । अमेरिकी अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई मानहानि मुद्दामा राहत दिन अस्वीकार गरेको छ । संघीय अदालतले जीन क्यारोलको मानहानि मुद्दामा निर्णायक मण्डलको निर्णयलाई समर्थन गरेको हो । राष्ट्रपतिले उन्मुक्ति पाउने तर्कलाई अदालतले अस्वीकार गर्दै पीडितलाई ८ करोड ३३ लाख डलर तिर्नु पर्ने स्पष्ट पारेको छ ।
के हो मामिला ?
२०१९ मा ८१ बर्सिया क्यारोलले ट्रम्प विरुद्ध १९९६ मा बर्गडोर्फ गुडम्यान डिपार्टमेन्ट स्टोरको ड्रेसिङ रुममा आफ्नो बलात्कार गरेको आरोप लगाउँदै मुद्दा दायर गरेकी थिइन् । ७९ वर्षीय ट्रम्पले पहिलो पटक २०१९ को जुनमा उनको दाबीलाई अस्वीकार गरेका थिए । क्यारोल आफ्नो टाइपकी नभएकी अनि उनले आफ्नो पुस्तक ‘हामीलाई पुरुषहरूको आवश्यकता किन छ ?’ भन्ने किताब विक्री बढाउन यो कहानी गढेको ट्रम्पको भनाइ थियो ।
न्यूयोर्कको संघीय पुनरावेदन अदालतले सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प विरुद्ध ८ करोड ३३ लाख डलरको मानहानिको निर्णायक मण्डलको फैसलालाई खारेज गर्न अस्वीकार गरेको छ । यस मुद्दामा आफू राष्ट्रपति भएकोले उन्मुक्तिको हकदार भएको ट्रम्पको तर्क थियो । म्यानहट्टनस्थित दोस्रो अमेरिकी सर्किट अपील अदालत अफ अपिलले ट्रम्पको यो तर्कलाई अस्वीकार गरिदियो ।
मुद्दाको रेकर्डले जिल्ला अदालतको निर्णयलाई समर्थन गर्ने हस्ताक्षर नगरिएको निर्णयमा तीन न्यायाधीशहरूको प्यानलले भनेका छन् । ट्रम्पको आचरणको निन्दनीयताको स्तर उल्लेखनीय रूपमा उच्च र सम्भवतः अभूतपूर्व भएको अदालतको भनाइ छ । २०२३ को मेमा अर्को छुट्टै जुरीले ट्रम्पलाई क्यारोलप्रति यौन दुर्व्यवहार र मानहानिको दोषी पाएका थिए । तर यसलाई अदालतले बलात्कार भने मानेनन् । यद्यपि, मानहानि गरेको भन्दै उनलाई ५० लाख डलर जरिवाना चाहिँ लगाइएको थियो । पुनरावेदन अदालतले जुनमा त्यो फैसलालाई समर्थन गर्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा तीन जनाको सम्भावना
-
विश्वकपमा फ्रान्सको रूपान्तरण: आलोचनाबाट उपाधि दाबेदारसम्म
-
दुई जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
-
रास्वपाले गठन गर्यो तीन आयोग
-
फेसबुकमै बोल्न डरमर्दो अवस्था : प्रविधिजन्य हिंसा नियन्त्रण गर्न राष्ट्रिय सभामा संकल्प प्रस्ताव दर्ता
-
डा. चेतना पौडेल जोडिएको रिट खारेज
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण