प्रदर्शनमा घाइते भएकालाई विराट मेडिकलले नि:शुल्क उपचार गर्ने
विराटनगर । मोरङको विराट मेडिकल कलेज टिचिङ हस्पिटलले हालै जेनजीको प्रदर्शनका क्रममा घाइते भएका सबैको निःशुल्क उपचार गर्ने घोषणा गरेको छ।
अस्पतालले सोमबार एक विज्ञप्ति जारी गर्दै आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत घाइते भएका सबै व्यक्तिहरूको उपचार निःशुल्क गर्ने जनाएको हो। साथै, आवश्यक परेका ठाउँमा एम्बुलेन्स सेवालाई पनि थप प्रभावकारी रूपमा उपलब्ध गराउने बताइएको छ।
विज्ञप्तिमा, अस्पतालको आपतकालीन चिकित्सा टोली (ERT) र अन्य आपतकालीन सुविधा जुनसुकै चुनौतीको सामना गर्न पूर्ण रूपमा तयार रहेको उल्लेख छ। आपतकालीन अवस्थामा ९७६१००२५३७, ९७६१००२५३२, ०२१-४२२६०१, र ४२३१८२ मा सम्पर्क गर्न पनि अस्पतालले आग्रह गरेको छ।
विराट मेडिकलमा १०० भन्दा बढी बेडसहितको अत्याधुनिक आकस्मिक सेवा २४ सै घण्टा सञ्चालनमा छ।
अस्पतालले प्रदर्शनका क्रममा ज्यान गुमाउने व्यक्तिहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारमा समवेदना व्यक्त गरेको छ। यसैगरी, सम्पूर्ण चिकित्सक र स्वास्थ्यकर्मीहरूलाई एकजुट भएर घाइतेहरूको उपचारमा जुट्न आह्वान गर्दै राष्ट्रको शान्ति र सुरक्षाको कामना पनि गरेको छ।
_GsYBt6Y0pj.jpg)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण