जेनजी आन्दोलनको प्रभाव - पर्यटकीय याम प्रभावित हुने नाट्टाको चिन्ता
बुधबार, २५ भदौ २०८२, ०० : ०२
काठमाडौँ । नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले मुलुकमा विकसित विषम परिस्थितिले पर्यटकीय सिजनमा असर पर्ने चिन्ता व्यक्त गर्दै उठेका आवाजलाई सम्बोधन गरी शान्ति र स्थितरता कायम गर्न अपिल गरेको छ ।
नाट्टाका अध्यक्ष कुमारमणि थपलियाले आज एक विज्ञप्ति जारी गर्दै विद्यमान परिस्थितिले केवल राष्ट्रिय राजनीति र समाजमा मात्र नभई नेपालको आगामी पर्यटन मौसममा पनि गम्भीर असर पर्ने भन्दै वार्ता र सम्वादबाट समाधान खोज्न आग्रह गरेका हुन् ।
'शान्तिपूर्ण वातावरण, स्थायित्व र आतिथ्य भावना नै नेपालको पर्यटनको मेरुदण्ड हो, जसले लाखौँ पर्यटकलाई नेपालतर्फ आकर्षित गर्दै आएको छ । यस्ता घटनाहरुले अन्तर्राष्ट्रिय समुदायमा असुरक्षा र अस्थिरताको सन्देश प्रवाह गर्नसक्ने हुँदा संवेदनशीलतापूर्वक सम्बोधन गर्न सरकारसँग माग गर्दछौँ', विज्ञप्तिमा भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण