बिहीबार, २८ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
अपडेट

खुल्यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

बुधबार, २५ भदौ २०८२, १६ : ०२
बुधबार, २५ भदौ २०८२

काठमाडौँ । मंगलबारदेखि बन्द रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बुधबार दिउँसो साढे तीन बजेदेखि सञ्चालनमा आएको छ। 

विमानस्थल सुरक्षा समितिको बैठकले बन्द गरिएको विमानस्थल पुनः सुचारु गर्ने निर्णय गरेको नेपाल उड्डयन नागरिक प्राधिकरणले जनाएको छ । 

प्राधिकरणले एक विज्ञप्तिमा जारी गर्दै विमानस्थल सञ्चालनमा आएको बताएको हो । विमानस्थल सञ्चालनमा आएपछि काठमाडौँ विमानस्थल प्रशासनले यात्रुहरूलाई आफ्ना टिकट किनेका एजेन्सी वा सम्बन्धित वायुसेवासँग सम्पर्क गरेर मात्रै विमानस्थलमा आउन आग्रह गरेको छ।

546515692_1177512207744007_1569851724335121229_n

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप