शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

जेलबाट भागेका कैदी पक्राउ गर्दै रौतहट प्रहरी

बुधबार, २५ भदौ २०८२, १६ : ०५
बुधबार, २५ भदौ २०८२

चन्द्रपुर । मङ्गलबार राति गौर कारागारबाट फरार रहेका कैदीलाई जिल्ला प्रहरी कार्यालय रौतहटले धमाधम पक्राउ गरिरहेको छ ।

कारागार भत्काएर भागेका १३ जना कैदीलाई आज बिहान सीमा क्षेत्रबाट पक्राउ गरिएको प्रमुख जिल्ला अधिकारी विनोद खड्काले जानकारी दिए । उनका अनुसार एक सय ९१ कैदी रहेको सो कारागारभित्र अहिले ६१ जना छन् । 

प्रजिअ खडकाले अन्य कैदीहरूको पनि खोजीकार्य भइरहेको बताए । उनका अनुसार अहिले जिल्लाको सहरी क्षेत्रमा नेपाली सेना खटेपछि वातावरण शान्त बनेको छ । 

मङ्गलबार जेनजीका प्रदर्शनकारीले चन्द्रपुर नगरपालिका, इलाका प्रहरी कार्यालय, डिभिजन सडक कार्यालय, डिभिजन वन कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालयको भवन आगलागी गरेर पूर्ण रुपमा क्षति पुर्‍याएका प्रजिअ खड्काले जानकारी दिए । 

चन्द्रनिगाहपुरमा प्रदर्शनकारीले रौतहट घर भएका सङ्घीय सांसद देवप्रसाद तिमलसिना, रौतहट घर भएका प्रदेशसभा सदस्य युवराज भट्टराई, नगरप्रमुख सञ्जयकुमार काफ्ले, रौतहटका सहायक प्रमुख जिल्ला अधिकारी किरणनिधि तिवारी, नेकपा एमाले चन्द्रपुर नगर कमिटी कार्यालयको घरमा समेत आगो लगाएका छन् ।

त्यस्तै गौर नगरपालिकाको कार्यालय, एमाले, नेपाली कांग्रेसलगायत दलका कार्यालयमा समेत आगजनी गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप