रौतहटका अधिकांश नगरपालिका कार्यालयमा तोडफोड र आगजनी
रौतहट । रौतहटमा जेनजी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीबाट करोडौँ रुपैयाँ बराबरको क्षति भएको छ । गरुडा, कटहरिया, चन्द्रपुर र फतुवा विजयपुर नगरपालिकामा अराजक समूहले नगरपालिकाका कार्यालय र सवारीसाधनमाथि आक्रमण गरेका थिए ।
गरुडा नगरपालिका कार्यालयमा प्रदर्शनकारीहरु प्रवेश गरी कम्प्युटर, ल्यापटप, प्रिन्टर, ब्याट्री, इन्भर्टर, दराज र सोफालगायतका सामग्री तोडफोड र लुटपाट गरेका थिए । मेयर कन्थमणि जयसवालले प्रयोग गर्ने गाडी, नगर प्रहरीको गाडी र एक ट्याक्टर गरी तीनवटा सवारीसाधन समेत जलाइएका छन् ।
बुधबार दिउँसो मेयरको घरमा पनि लुटपाटको प्रयास भएकोमा प्रहरीको हस्तक्षेपपछि समूह भागेको थियो ।
यसैगरी कटहरिया नगरपालिकामा पनि तोडफोड र आगजनी भएको छ । मेयर अजय प्रकाश जयसवालका अनुसार कार्यालयमा रहेका कागजात, कुर्सी, टेबल, दराज र पङ्खा लुटिएको र तीनवटा गाडीसहित सामग्रीमा आगजनी गरिएको छ ।
चन्द्रपुर र फतुवा विजयपुर नगरपालिकामा पनि तोडफोड र लुटपाट भएको जनाइएको छ । कर्फ्यू र कार्यालय बन्द भएकाले क्षतिको विस्तृत विवरण अझै सङ्कलन हुन सकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘रैथाने उत्पादन संरक्षण गर्न भौगोलिक सङ्केतसम्बन्धी कानुन तर्जुमा गरिने’
-
औषधिको मूल्य समायोजन प्रक्रिया अघि बढाउँदै सरकार
-
ठमेलमा पर्यटकलाई दुःख दिने र प्रहरीमाथि अभद्र व्यवहार गर्ने २३ जना पक्राउ
-
नेपाल–दक्षिण कोरिया शिक्षा सहकार्य विस्तारबारे शिक्षामन्त्री र राजदूतबिच छलफल
-
यसरी सम्भव छ बाह्रैमास पर्यटन
-
जर्मन फरवार्ड करिम अदेयेमी बार्सिलोनामा अनुबन्ध, २२ मिलियन युरोको सम्झौता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण