तत्काल राष्ट्रिय सहमतिको सरकार गठन गर्न कांग्रेस नेता पौडेलको आह्वान
सारांश
- प्रदीप पौडेलले देशको विषम परिस्थिति समाधानका लागि संवैधानिक समाधान र राष्ट्रिय मेलमिलापको आह्वान गरेका छन्।
- उनले राष्ट्रिय सहमतिको सरकार गठन, संविधान संशोधन र पार्टी नेतृत्वको राजीनामा माग गरेका छन्।
- पौडेलले आन्दोलनमा भएको बल प्रयोग र निजी सम्पत्तिमाथिको आक्रमणको निन्दा गर्दै छानबिनको माग गरेका छन्।
काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री प्रदीप पौडेलले सामाजिक सञ्जाल फेसबुकमा आफ्नो धारणा राख्दै देशमा हालै उत्पन्न विषम परिस्थितिलाई सम्बोधन गर्न संवैधानिक समाधान र राष्ट्रिय मेलमिलापको लागि आह्वान गरेका छन् ।
भ्रष्टाचारविरुद्ध जेन जी युवा समूहले गरेको आन्दोलन र त्यसपछिका घटनाक्रमले देशमा राजनीतिक शून्यता सिर्जना गरेको भन्दै उनले तत्काल राष्ट्रिय सहमतिको सरकार गठन गर्न, संविधान संशोधन गर्न र पार्टी नेतृत्वले राजीनामा दिई छ महिना भित्र पार्टीको महाधिवेशन गर्न माग गरेका छन् ।
भाद्र २३ र २४ गते भएको आन्दोलनका क्रममा युवाहरूको निधन भएकोमा गहिरो दुःख व्यक्त गर्दै पौडेलले एक विज्ञप्तिमार्फत मृतकहरूप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारमा समवेदना प्रकट गरेका छन् ।
उनले शान्तिपूर्ण आन्दोलनमा भएको बल प्रयोगको निन्दा गर्दै आन्दोलनको आडमा घुसपैठ गरी निजी तथा सार्वजनिक सम्पत्तिमा आगजनी र तोडफोड गर्ने समूहको कार्यको पनि भर्त्सना गरेका छन् । पौडेलले कांग्रेस सभापति शेरबहादुर देउवालगायत राजनीतिक तथा राष्ट्रसेवक व्यक्तिहरूमाथि भएको हमलाको समेत निन्दा गर्दै सम्पूर्ण घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न जोडदार माग गरेका छन् ।
देशलाई राजनीतिक र संवैधानिक शून्यताबाट जोगाउन सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिँदै पौडेलले राष्ट्रपतिले थालेको संवादको पहललाई स्वागत गरे। युवाहरूले उठाएका भ्रष्टाचार र कुशासनविरुद्धका आवाजहरू जायज भएको स्वीकार गर्दै यस सङ्कटलाई राष्ट्रिय पुनर्जागरणको अवसरमा परिणत गर्नुपर्ने बताएका छन् ।
मुलुकलाई तत्काल निकास दिन नेपाली कांग्रेसले बैठक आयोजना गरेर निकास खोज्न नेता पौडेलले माग गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
५० वर्षभन्दा कम उमेरका मानिसमा क्यान्सर बढ्नुको कारण खराब निद्रा त होइन ?
-
१६ महिनामै फेयेनूर्डद्वारा मुख्य प्रशिक्षक भान पर्सी बर्खास्त
-
विश्वकपअघि क्रोएसियाको सुखद जित, कप्तान मोड्रिचको गोल
-
नर्वेसँग बराबरी खेल्दा मोरक्कोलाई दुई मुख्य खेलाडीको चोटको चिन्ता
-
फिलिपिन्समा ८.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प, एसियाका विभिन्न देशमा सुनामीको चेतावनी
-
राष्ट्रिय सभाका दुई समितिको बैठक आज बस्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण