ट्रमा सेन्टरमा मृत्यु भएका थप एक जनाको सनाखत
काठमाडौँ । जेनजी प्रदर्शनमा प्रहरीको गोली लागेर मृत्यु भएका थप एक जनाको परिचय खुलेको छ ।
बानेश्वरमा गोली लागेर घाइते भएपछि ट्रमा सेन्टरमा उपचारको क्रममा १९ वर्षीय आयुष थापाको मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ । थापा नेपालगञ्ज उपमहानगरपालिका–१ धम्बोझीका स्थानीय हुन् । उनी फिनल्याण्ड जाने तयारीका लागी काठमाडौँ आएका थिए ।
ट्रममा सुनसरी घर भएका करिब २९ वर्षीय पुरुषको सनाखत भएको छैन ।
देशव्यापी रूपमा भएको जेनजी आन्दोलनका क्रममा मृत्यु हुनेको सङ्ख्या ३४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार देशका विभिन्न अस्पतालमा ३३१ जना उपचाररत छन् भने ९४९ जना उपचारपछि डिस्चार्ज भएका छन् ।
काठमाडौँका अस्पतालहरू राष्ट्रिय ट्रमा सेन्टर ८, सिभिल अस्पताल ६, भेरी अस्पताल ५, एभरेस्ट अस्पताल ३, फ्रन्टलाइन अस्पताल ३, केएमसी अस्पताल २, त्रिवि शिक्षण अस्पताल १, बयोधा अस्पताल २, फ्रन्टलाइन अस्पताल ३, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान २, बीएनसी अस्पताल १, बिर्तासिटी अस्पताल १ जनाको मृत्यु भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण