काठमाडौँ उपत्यकामा कर्फ्यु आदेश यथावत्, निषेधाज्ञाको समय घटाइयो
काठमाडौँ । नेपाली सेनाले काठमाडौँ उपत्यकामा निषेधाज्ञा र कर्फ्यु आदेशलाई निरन्तरता दिए पनि निषेधाज्ञाको समय भने केही कम गरेको छ । यसअघि बिहान १० बजेदेखि निषेधाज्ञा लागु गरिएकोमा शुक्रबार बिहान ११ बजेदेखि मात्र निषेधाज्ञा लागु गरिने भएको हो ।
पछिल्लो सुरक्षा परिस्थितिको विश्लेषणका आधारमा नागरिकको जनधनको सुरक्षाका लागि जारी भएको निषेधाज्ञा तथा कर्फ्यु आदेशलाई निरन्तरता दिनुपर्ने आवश्यकता देखिएको नेपाली सेनाको भनाई छ ।
सेनाको विज्ञप्ति अनुसार भदौ २७ गते बिहान ११ बजे देखि बेलुकी ५ बजे सम्म निषेधाज्ञा जारी गरिएको छ । त्यस्तै बेलुकी ७ बजे देखि भदौ २८ गते बिहान ६ बजे सम्म कर्फ्यु यथावत् राखिएको छ ।
भदौ २७ गते बिहान ६ बजे देखि बिहान ११ बजेसम्म र भदौ २७ गते बेलुकी ५ बजे देखि ७ बजे सम्म अत्यावश्यक काममा लागि हिँडडुल गर्न पाइने सेनाले जनाएको छ ।
अत्यावश्यक कार्यको लागि आवतजावत गर्न सकिने भनी छुट्ट्याइएको समयमा समेत जुलुस, धर्ना, प्रदर्शन लगायतका गतिविधिहरू गर्न पूर्णतः निषेध गरिएको नेपाली सेनाले स्पष्ट पारेको छ ।
निषेधाज्ञा तथा कर्फ्युको दौरान समेत अत्यावश्यक सेवाका (एम्बुलेन्स, शव वाहन, दमकल, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीका साथै, खाद्यान्न, ग्यास लगायतको इन्धन, दुध, तरकारी, पानी, सञ्चार प्रदायक कम्पनी र औषधी ओसारपसार गर्ने) सवारी साधनहरू सञ्चालन गर्न सकिनेछ ।
विभिन्न सरकारी कार्यालय, राष्ट्रिय मानव अधिकार आयोगका पदाधिकारी, बैङ्क तथा वित्तीय संस्था लगायतका सार्वजनिक संस्थानहरूमा कार्यरत कर्मचारीहरूले आफ्नो सक्कल परिचय पत्र (डिजिटल बाहेक) देखाई कार्यालयसम्म आवतजावत गर्न सक्नेछन् ।
यस्तै, आन्तरिक र अन्तर्राष्ट्रिय उडानका यात्रुहरूले आफ्नो उडानको टिकट देखाई विमानस्थलसम्म आवतजावत गर्न सक्नेछन् । आवश्यक सहजताको लागि नजिकमा रहेका सुरक्षाकर्मीहरूसँग समन्वय गर्नुहुन सम्बद्ध सबैमा अनुरोध गरिएको छ ।
काठमाडौँ उपत्यका बाहिरको हकमा सम्बन्धित जिल्लाको परिस्थिति सुरक्षा अनुरूप जिल्ला सुरक्षा समितिहरूबाट निर्णय र समन्वय गरिएबमोजिम हुनेछ ।
_giVgAzgmWT.jpg)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
-
बागमतीमा ८ मन्त्रालयअन्तर्गत १९१ कार्यालय कायम (नामसहित)
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण