शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय
निषेधाज्ञा खुलेको बेला सडकमा सवारीको चाप
फोटोफिचर

निषेधाज्ञा खुलेको बेला सडकमा सवारीको चाप

शुक्रबार, २७ भदौ २०८२

काठमाडौँ । दुई दिने जेनजी आन्दोलनपछि अस्तव्यस्त बनेको काठमाडौँ उपत्यकाको जनजीवन बिस्तारै सामान्यतर्फ फर्कन थालेको छ । यद्यपि अझै पनि निषेधाज्ञा र कर्फ्यु आदेश भने जारी नै रहेको छ ।

नेपाली सेनाले काठमाडौँ उपत्यकामा शुक्रबार बिहान ११ बजेदेखि ५ बजेसम्म निषेधाज्ञा आदेश जारी गरेको छ । त्यसपछि साँझ ७ बजेपछि बिहान ६ बजेसम्मका लागि कर्फ्यु आदेश गरिएको छ ।

केही दिन सुनसान देखिएको काठमाडौँका सडक शुक्रबार बिहान निषेधाज्ञा खुलेका बेला भरिभराउ देखिएको छ ।

Sadak friday morning_NOL (1)Sadak friday morning_NOL (2)Sadak friday morning_NOL (3)Sadak friday morning_NOL (4)Sadak friday morning_NOL (5)Sadak friday morning_NOL (6)Sadak friday morning_NOL (7)Sadak friday morning_NOL (8)Sadak friday morning_NOL (9)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया