दोलखामा पहिरोमा परेका एक जना पुरुष ३ दिनदेखि बेपत्ता
बिहीबार, ०७ साउन २०८३, १७ : २८
सारांश
- दोलखाको गौरीशङ्कर गाउँपालिका–९ स्थित मुलखर्कमा साउन ५ गते वर्षाले पहिरो जाँदा ७० वर्षीय पुरुष बेपत्ता भएका छन् ।
- बेपत्ता पुरुषको खोजी कार्य जारी रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
- सोही पहिरोमा अड्किएका सिनर्जी जलविद्युत आयोजनाका ४ जना कर्मचारीलाई नेपाली सेनाले सकुशल उद्धार गरेको छ ।
काठमाडौँ । दोलखाको गौरीशङ्कर गाउँपालिका–९ स्थित मुलखर्कमा वर्षाका कारण पहिरोमा परेका एक जना पुरुष ३ दिनदेखि बेपत्ता छन् । साउन ५ मा वर्षाका कारण आएको पहिरोमा परेर मुलखर्क बस्ने ७० वर्षीय पुरुष बेपत्ता भएका हुन् । उनको खोजी कार्य भइरहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
सोही पहिरोमा परेर अड्किएका ४ जनाका उद्धार गरिएको छ । सिनर्जी जलविद्युत आयोजनाका ४ जना कर्मचारीको उद्धार गरिएको नेपाली सेनाले जनाएको छ ।
साउन ५ देखि परेको अविरल वर्षाको कारण पहिरो खसेपछि उनीहरू भीरमा अड्किएका थिए । बुधवार उनीहरूलाई सकुशल उद्धार गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
-
सरकार बनाउनका लागि केन्द्रको निर्णय कुर्दै खगराज भट्ट
-
कांग्रेसको ‘एनसी फर एनसी’ अभियानमा के–के गर्नुपर्छ कार्यकर्ताले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण