सुदूरपश्चिममा अति भारी वर्षा: डडेलधुरा र कैलालीमा २ सय मिलिमिटरभन्दा बढी पानी पर्यो
शुक्रबार, २७ भदौ २०८२, १२ : १८
काठमाडौँ । गएको २४ घण्टामा सुदूरपश्चिम प्रदेशका डडेलधुरा र कैलाली जिल्लामा अति भारी वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागले दिएको जानकारीअनुसार शुक्रबार बिहान साढे १० सम्मको तथ्याङ्कले यो देखाएको हो।
विभागका अनुसार, डडेलधुराको गाइबन्डेमा २१०.२ मिलिमिटर र कैलालीको चिसापानीमा २०३.२ मिलिमिटर वर्षा रेकर्ड गरिएको छ। यो मात्राको वर्षालाई अति भारी वर्षा मानिन्छ, जसले बाढी र पहिरोको जोखिम बढाउँछ।
अहिले पनि सुदूरपश्चिमका दार्चुला, डडेलधुरा, बैतडी र कैलालीसहितका विभिन्न जिल्लाहरूमा वर्षा भइरहेको छ। लगातारको वर्षाले जनजीवनमा असर पर्न सक्ने भन्दै सतर्क रहन मौसमविद्हरूले आग्रह गरेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भन्सार छलीको आशङ्कामा कोरोला नाकाबाट भित्र्याइएका ७७५ ईभी गाडी सशस्त्रको नियन्त्रणमै, तस्बिरहरू
-
१३ प्रमुख जिल्ला अधिकारीसहित १८ सहसचिवकाे सरुवा, काे कहाँ ? (सूचीसहित)*
-
रास्वपाले गठन गर्यो ७७ वटै जिल्लामा निर्वाचन समिति
-
सरकारमाथि क्रान्तिकारी कम्युनिस्ट पार्टीको आरोप : देशलाई सिक्किमीकरणको दिशामा लगियो
-
युरेनियम उत्खननमा अब राज्यको एकाधिकार
-
कांग्रेस विवाद मिलाउन निरन्तर वार्तामा पूर्णबहादुर–विश्वप्रकाश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण